‘जिब्रोमै झुण्डिने’ कोहलपुरको ‘मटन कटिया’को स्वाद


नेपालगन्ज ३ भदौ :  माटोको घैंटो अर्थात ‘कटिया’मा पकाएको स्वादिष्ट खसीको मासु खाने हो ? हो भने अब कटिया पारखीका लागि टाडा धाउनुपर्देन ।

कोहलपुरमै यसको स्वाद चाख्न पाइन्छ । कोहलपुर–११ दशविगाहस्थित डिभाईन डिस रेष्टुरेन्टले एक महिनादेखि कटिया पकाउन शुरु गरेको छ । यो स्वाद चखाउँछन् २८ वर्षिय विरेन्द्र शाहीले ।

लामो समयदेखि रेष्टुरेन्ट क्षेत्रमा सक्रिय रहेका शाहीले काठमाण्डौंमा युवाहरुले पकाएको कटियाबाट प्रभावित भई यहाँ पनि पकाउन शुरु गरेका हुन । जुन अहिले निकै लोकप्रिय बनेको छ ।

तर लगत्तै लकडाउन भएकाले त्यसको मारमा उनी पनि परेका छन् । तर पनि उनले होमडेलिभरी सेवा मार्फत कोहलपुर मात्र होइन नेपालगन्जसम्ममा कटियाको स्वाद चखाइरहेका छन् । ‘कटिया पारखीहरु धेरै हुनुहुँदोरहेछ । छोटो समयमै निकै लोकप्रिय बनेको छ ।’– शाहीले अनुभव सुनाए ।

शाहीले युट्वुबाट हेरेर कटिया पकाउने ट्रेनिङ लिए । ट्रेनिङ लिएपछि उनले गत एक महिनादेखि कटियाको स्वाद चखाइरहेका छन् । एकपटक आएकाहरू कटिया खान फेरि पनि आउने गरेको उनी बताउँछन् ।


कटिया पकाउने तरिका

–माटोको घैंटोमा खसीको मासु राखिन्छ ।
–प्याज, अदुवा, लसुन, जिरा, खुर्सानी, मरिच, बेसारको प्रयोग गरिन्छ ।
–४५ देखि १ घण्टासम्म आगोको रापमा हावाले हम्केर पकाउनुपर्छ ।


शाहीले कटियाको निश्चित मुल्य तोकेका छन् । जस्तै एक किलो कटिया मटनको मुल्य रु १४ सय छ । त्यस्तै आधा किलोको रु ८ सय । परिवारिक वा सामुहिकरुपमा खान रुचाउनेलाई किलोको हिसावले घरमै लैजाने गरेका छन् । त्यस्तै प्लेटको ५ सय र हाफ प्लेटको अढाई सय मूल्य तोकिएको छ । शाहीले नयाँ स्वाद भएकाले सेवाग्राही बढेको बताएका छन् ।

 

 

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार १३:५६  |