अङ्गद बहादुर शाहीले स्वास्थ्य कार्यालय दाङ्गको जिम्मेवारी सम्हाले


नेपालगन्ज ३ भदौ :  बरिष्ठ जनस्वास्थ्य अधिकृत अङ्गद बहादुर शाहीले बुधवारदेखि स्वास्थ्य कार्यालय दाङ्गको जिम्मेवारी सम्हालेका छन् ।

शाहीको केही दिन अघि बाँकेबाट सरुवा भएको थियो ।

स्वास्थ्य कार्यालय दाङ्गमा शाहीको स्वागत गरिएको थियो ।

कार्यभार सम्हाल्दै शाहीले कोरोना संक्रमण बिरुद्धको अभियानलाई सशक्तरुपमा अगाडी बढाउने बताए ।


उनले भने,–‘अहिलेको विषम अवस्थामा दाङ्गलाई कसरी सुरक्षित बनाउने भन्ने नै मेरो मुख्य लक्ष्य रहेको छ ।’

हालसम्म कोरोना बिरुद्धको अभियानमा स्वास्थ्यकर्मीले प्रभावकारी काम गरेको स्मरण गर्दै शाहीले आगामी दिनमा अझ सशक्त भएर काम गर्न आग्रह गरे ।

बरिष्ठ जनस्वास्थ्य अधिकृत शाही जनस्वास्थ्य क्षेत्रमा सशक्त र खरो भएर काम गर्ने स्वास्थ्य अधिकृतकारुपमा चिनिन्छन् । उनले यसअघि जुम्लामा स्वास्थ्य कार्यालयको प्रमुखको जिम्मेवारी निभाइसकेका छन् ।

प्रकाशित मितिः     2:37:24 PM  |