नेपालगन्ज ३ भदौ : बरिष्ठ जनस्वास्थ्य अधिकृत अङ्गद बहादुर शाहीले बुधवारदेखि स्वास्थ्य कार्यालय दाङ्गको जिम्मेवारी सम्हालेका छन् ।
शाहीको केही दिन अघि बाँकेबाट सरुवा भएको थियो ।
स्वास्थ्य कार्यालय दाङ्गमा शाहीको स्वागत गरिएको थियो ।
कार्यभार सम्हाल्दै शाहीले कोरोना संक्रमण बिरुद्धको अभियानलाई सशक्तरुपमा अगाडी बढाउने बताए ।
उनले भने,–‘अहिलेको विषम अवस्थामा दाङ्गलाई कसरी सुरक्षित बनाउने भन्ने नै मेरो मुख्य लक्ष्य रहेको छ ।’
हालसम्म कोरोना बिरुद्धको अभियानमा स्वास्थ्यकर्मीले प्रभावकारी काम गरेको स्मरण गर्दै शाहीले आगामी दिनमा अझ सशक्त भएर काम गर्न आग्रह गरे ।
बरिष्ठ जनस्वास्थ्य अधिकृत शाही जनस्वास्थ्य क्षेत्रमा सशक्त र खरो भएर काम गर्ने स्वास्थ्य अधिकृतकारुपमा चिनिन्छन् । उनले यसअघि जुम्लामा स्वास्थ्य कार्यालयको प्रमुखको जिम्मेवारी निभाइसकेका छन् ।