कोरोनाले नेपालगन्जका क्यासिनोलाई परेको चोट : शुरु भएको महिना दिनमै बन्द गर्नुप–यो


तस्विर : सम्बन्धित क्यासिनोबाट

नेपालगन्ज ३ भदौ :  तारे होटलसंगै भित्रिएको क्यासिनोहरुले नेपालगन्जमा धमाधम रोजगारी सिर्जना गरेको थियो । अहिले क्यासिनो सन्चालन नहुँदा कामदार घरमै बस्न बाध्य छन् । त्यहाँ कार्यरत कर्मचारी बेरोजागर भएर बस्न बाध्य छन् ।

तारे होटल र त्यसमा सन्चालित क्यासिनोले पश्चिमको ठुलो शहर नेपालगञ्जमा चहलपहल बढाएको थियो । भारतीय नागरिकहरु क्यासिनो खेल्न आउने गरेका थिए  ।

नेपालगञ्ज उपमहानगरपालिकाले त यो शहरलाई क्यासिनो सिटी बनाउने नीतिगत निर्णय नै गरेको छ । लगानी प्रोत्साहित गर्न कर छुट र सहजिकरणका लागि सहयोग गर्न तयार भएको कुरा मेयर धवल शमसेर राणा बिभिन्न मन्चहरुमा पटक–पटक बताइरहन्छन् ।

संघीयता कार्यान्वयन पछि नेपालगञ्ज कर्णालीबाट प्रशासनिकरुपमा अलग भयो । यता प्रदेश ५ को प्रशासनिक केन्द्र समेत नबन्ने निश्चित हुँदा नेपालगन्जमा आफु सुक्ने होकी भन्ने चिन्ता र चासो बढ्न थाले । ठिक यही समयमा यहाँ तारे होटल र क्यासिनोमा लगानी थपिदैछ । यो उत्साह यतिबेला कोरोना कहरले निरास बनाएको छ ।

पाँच तारे होटल सोल्टीमा क्यासिनो महाजोङ्ग सन्चालनमा छ । यो ठुलो क्षमताको लाईभ क्यासिनो हो । हालै मात्र चारतारे होटल सिद्धार्थमा क्यासिनो ज्याकपट सन्चालन भइरहेको छ । सबैभन्दा पहिले नेपालगञ्जमा असित शमसेर राणाको होटल स्नेहामा क्यासिनो सन्चालन भएको थियो । तर त्यहाँबाट सरेर ड्रिमल्याण्ड होटलमा पुगेको छ ।

क्यासिनो महाजोन झण्डै एक वर्ष अघि र ज्याकपट लकडाउन हुनुभन्दा दुई महिना अघि मात्र सन्चालन भएको थियो । यता पहिले स्नेहामा सन्चालन भएको मिनि क्यासिनोले अर्को होटलमा पूर्वाधार बनाउँदै गर्दा लकडाउन लाग्यो । यतिबेला यि होटल ठप्प छन् । सीमा नाका बन्द छ भने यतिका कोरोना जोखिममा क्यासिनो खेल्ने अनुमति दने अवस्थै रहेन ।

यि क्यासिनोमा नेपाली जान बन्देज छ । बिदेशीका लागि मात्र खुल्ला गरिएको छ । भारतका बिभिन्न ठाउँबाट उनीहरु यहाँ क्यासिनो खेल्न आउने गरेका छन् । क्यासिनो खेल्न आउनेका कारण होटलमा समेत चहलपहल बढेको थियो  ।

नेपालगन्ज भुजईगाउँस्थित सोल्टी होटल परिसरमा रहेको क्यासिनो महाजोङ्गका सल्लाहकार मुरारीबाबु कार्की क्यासिनोले नेपालगञ्जमा पर्यटक तान्न महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । उनले भनेका–‘हामी बिशुद्ध क्यासिनो मात्र चलाउने छैनौ । पश्चिममा पर्यटक ल्याउन पनि भूमिका खेल्छौ ।’

क्यासिनोले रोजगारी बृद्धि गरेको छ । एउटै क्यासिनोमा सय देखि दुई सय जनाले रोजगारी पाएका छन् । रोजगारी पाउने मध्ये अधिकांस स्थानीय छ । उनीहरुको आर्कषक तलव छ । तर यतिबेला कोरोना कहरले यि सबै रोजगारी गुमाउन बाध्य बनाएको छ ।

 

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार १५:३४  |