ईस्तियाक राईको अपील-मोहर्रमका सबै कार्यक्रम घरमै बसेर गरिदिनु होला


नेपालगन्ज ३ भदौ :  पूर्वमन्त्री एवं बाँके क्षेत्र नं. २ का सांसद मोहमद ईस्तियाक राईले मोहर्रमका सबैका कार्यक्रम घर परिवारमै बसेर गरिदिन सार्वजनिक अपील गरेका छन् ।

मुस्लिम समुदायको एतिहासिक पर्व मोहर्रम शुरु हुन गइरहेको छ ।

हरेक वर्ष विविध कार्यक्रम गरेर दस दिनसम्म धुमधामका साथ मनाइने यो एतिहासिक पर्व शुरु हुन लागेकै बेला बाँके लगायत देशका अन्य भागमा कोरोना भाइरस समुदायमा समेत फैलिएकोले संक्रमितहरु दिनदिनै बढ्ने क्रम जारी रहेको छ ।

यस्तो जटिल र कठिन अवस्थालाई मध्ये नजर गरेर धार्मिक सदभाव समिति, विभिन्न मोहर्रम समितिहरु र प्रशासनविच भएको सहमतिलाई समेत पालना गर्न पूर्वमन्त्री एवं सांसद राईले अपील गरेका हुन ।

बाँके क्षेत्र नम्बर २ र देशभरिकै मुस्लिम समुदायलाई मोहर्रमका सम्पूर्ण कार्यक्रमहरु घर परिवारमै गरिदिन आग्रह गर्दै मन्त्री राईले दस तारिखका दिन ताजिया सेलाउनका लागि भिडभाड नगरि दुई चार जनाको समुहमा आलोपालो गरेर स्थानीय कर्बलामा पुगेर सम्मानका साथ सेलाउने कार्य गरिदिन सबैसंग विनम्र अनुरोध गरेका छन् ।

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार १९:१७  |