नेपालगन्ज ४ भदौ : पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ ।
कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले अनावश्क अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको छ।
केही-केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार समाचारहरु प्रकाशित र प्रशारण भएको भन्दै विभागले पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न पनि भनेको छ।
विभागले हालसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पंक्षीबाट कोरोना सर्ने वैज्ञानिक आधार नरहेको जनाएको छ।