कोरोनामुक्त हुनेको सुझाव–‘सजिलै जितिन्छ भन्दैमा लापरवाही नगर्नु’


बाँके ५ भदौ :  कोरोनामुक्त भएर घर फर्किएकाहरुले उच्चमनोवल र खानपिनमा ध्यान दिए सन्चो हुने बताएका छन् । तर कोरोनालाई सजिलै जितिन्छ भन्ने नाममा लापरवाही नगर्न अरुलाई पनि सुझाएका छन् ।

बिहीबार मात्रा बाँकेमा ७९ जना संक्रमित निको भएर घर फर्किए ।
जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सनन नरेश श्रेष्ठका अनुसार २८ जनालाई बिहीबार बिहानै डिस्चार्ज गरेर घर पठाइएको छ । तीजका कारण शुक्रबार डिस्चार्ज हुने सूचीमा रहेका ५१ जनालाई पनि बिहीबार साँझ डिस्चार्ज गरियो ।

लक्षण नदेखिएका र शुक्रबार समय पुग्ने ५१ जना संक्रमितलाई चिकित्सकको सल्लाह अनुसार स्वास्थ्यकर्मीको निगरानीमा ८ दिन होम आइसोलेसनमा रहने गरी डिस्चार्ज गरिएको हो । यसरी डिस्चार्ज हुनेहरुमा प्रदेश ५ का सभासद कृष्णा केसी नमुना, होटल व्यवसायी लोकेन्द्र अर्याल, नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपाली, वडा नं. १३ र १८ का वडा सचिवसहित २८ जना छन् ।


अन्यमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाललगायत रहेका छन् । महासंघ केन्द्रीय सदस्य श्रेष्ठले कोरोनालाई सजिलै जित्न सकिने भए पनि त्यसो भन्दैमा लापरवाही गर्न नहुने बताए । निको भएर घर फर्किएकी बाँके क्षेत्र नं.१ क बाट निर्वाचित प्रदेश सभासद कृष्णा केसी नमुनाले कोरोनालाई आत्मवल र खानपीनमा ध्यान दिएकाले कोरोनाबाट मुक्ति मिलेको बताइन ।

‘लक्षणसमेत देखिएकोले शुरुमा समस्या भयो’ उनले भनिन–‘पछि भने ठिकै भयो । कोरोनाबाट जोगिन सजगकता र सतर्कता अपनाउनुको विकल्प छैन ।’ बाँककेमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ४७ पुगेको छ भने ७ सय ६३ जना देखिएको थियो । जस मध्ये चार जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुमा कोरोनासंगै अन्य रोगको समेत रहेको छ । हाल बाँकेमा आइसोलेसन सेन्टर र अस्पतालमा २ सय १२ जना उपचारको गराइरहेका छन् ।

प्रकाशित मितिः     7:41:09 AM  |