‘लकडाउन’लाई कहिलेसम्म कोरोना जित्ने अस्त्र बनाउने ?


कोरोनालाई कोरोना (कोभिड–१९) सङ्कटले विश्व अर्थतन्त्रको नै थलिएको छ । चिया बेच्ने पसलदेखि ठूला–ठूला उद्योग बन्द भए । पश्चिम क्षेत्रको आर्थिक केन्द्र बाँके यसको झनै प्रभावित भएको छ ।

आर्थिक क्षतीको दायरा अझ कति बढ्ने हो ? डरलाग्दो त्रासदीबाट अर्थतन्त्र गुज्रिएको छ । अझै कहिले पार पाउने हो निश्चित छैन् ।

आम्दानी र उत्पादनका सबै क्षेत्र ठप्प भएपछि अर्थतन्त्रको चक्र नै प्रभावित भएको छ । मानव स्वास्थ्यसहित अर्थतन्त्रमा ठूलो क्षति पुगेको । अहिले देखिने भन्दा यसले दीर्घकालीन असर पार्छ । मुलुकको आर्थिक वृद्धिदर खस्कने निश्चित भएको छ ।

मुलुकमा आर्थिक गतिविधि ठप्प भएकाले अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ । लकडाउन भएपछि सबै क्षेत्र ठप्प भएकाले यसले अर्थतन्त्रमा धक्का लागेको छ ।

जनजीवनसहित आर्थिक गतिविधि रोकिएपछि प्रत्यक्ष असर अर्थतन्त्रमा परेको हो । लकडाउन घोषणापछि उद्योग कलकारखाना, व्यापारिक प्रतिष्ठान, बजार सबै बन्द भएको छन् ।

आयात–निर्यात दुवै प्रभावित भएको छ । औद्योगिक प्रतिष्ठान, सेवा क्षेत्र, वैदेशिक रोजगारी, निर्माण क्षेत्रमा लाखौंको रोजगारी प्रभावित भएको छ । होटल, रेस्टुरेन्ट, यातायात, पर्यटनसहित व्यापारिक प्रतिष्ठानले कर्मचारीलाई बेतलबी बिदा दिएका छन् ।

दैनिक ज्यालादारीमा काम गर्नेमात्र नभएर वैदेशिक रोजगारीमा गएका समेत प्रभावित भएका छन् । स्वदेशी तथा विदेशी नयाँ लगानी रोकिएको छ । यो अवस्था लम्बिए अर्थतनन्त्र थप भयावह अवस्थामा पुग्नेछ ।

पाँच महिनाको लकडाउन सामान्य अवस्थामा जाला भन्ने ठानेका थियौं । तर पनि अवस्था उस्तै छ ।


स्थानीय तहहरुले धमाधम लकडाउनलाई कोरोना जित्ने अस्त्रका रुपमा प्रयोग गर्न थाले । लकडाउन गरिदिने कोरोना जितिन्छ भन्ने मनोदशाबाट जनप्रतिनिधिहरुग्रस्त छन् । यस्तो विषमपरिस्थितीमा उनीहरुले गर्ने निर्णयको बिरोध गर्न पनि मुस्किल छ ।

बिरोध गर्नेलाई पनि कोरोना बिरुद्धको अभियानमा लाग्ने मान्छे भन्ने गरिन्छ । तर यथार्थ फरक छ । लकडाउन भए कोरोना जितिने हो भने यत्रो महिना लकडाउन गर्दा किन रोकिएन ? झन् झन् बढ्दै छ ।

लकडाउन खोल्ने भनेको कोरोनालाई भयावह बनाउने भनेको कदापी होइन । ज्यानको माया, आमा दाजुभाई दिदी बहिनीको स्वास्थ्यको संवेदनशिलता हामी पनि बुझ्छौ तर लकडाउनका कारण उत्पन्न भएको समस्याका बारेमा कस्ले बुझिदिने हो ?

लकडाउनका बीचमा सरकारले कोरोना बिरुद्धको काममा के कस्ता काम गरेको छ ? त्यो सबै जगजाहेर छ । गर्ने काम नगर्ने तर लकडाउन मात्र गरिरहंदा आमनागरिकको असन्तोष फैलिदो छ ।

अब लकडाउनको बिकल्प खोजौ । सरोकारवाला निकाय मात्र होइन आमनगारिकहरुले बिकल्प खोजौ । तपाई हामी आफ्ना परम्परगत जीवनशैली फेर्नेतिर लागौ ।

सरकारले कडाई नगर्दाको अवस्थामा पनि सचेत र सजग बनेर कोरोना बिरुद्ध लागौं र कोरोनालाई अहिलेको जस्तो हाउगुजी बन्नबाट रोक्दै आमनागरिकको दैनिकीलाई सहज र सरल बनाउनतिर जुटौं ।

 

प्रकाशित मितिः     9:47:53 AM  |