उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठ र पत्रकार दाहाल सहित ५१ जनाले कोरोना जिते


नेपालगन्ज ५ भदौ : बाँकेका विभिन्न आइसोलेसनामा बस्दै आएका कोरोना संक्रमितहरु आइसोलेसनको अवधि पूरागरि शुक्रवार ५१ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार डिस्चार्ज भएका ५१ जनालाई तीजको बहानामा आइसोलेसन अवधि भन्दा एक दिन अगावै डिस्चार्ज गर्न लागिएको थियो तर बिहिबार अन्तिम समयमा सो कार्यान्वायन गरिएको थिएन।

आजै नेपालगन्जका ब्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल पनि शुक्रवार विहान डिस्चार्ज भएका छन् ।


मापदण्ड अनुसार १४ दिन आइसोलेसन अवधि पुरा गरेका ५१ जनालाई थप ७ दिन होम आइसोलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको छ ्।

५१ जना डिस्चार्ज भएमा बाँकेमा कोरोनामुक्त हुनेको संख्या ५४७ पुगेको छ । बाँकेमा दुई महिला सहित चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

आज बाँकेबाट डिस्चार्ज भएका पत्रकार खगेन्द्र दाहाल र नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णमान श्रेष्ठले आफुहरु उच्च मनोबलका कारण कोरोनालाई हराउन सफल भएको र कोरोनाबाट अनावश्यक चिन्तित हुनु भन्दा सजग रहनु पर्ने बताएका छन् त्यस्तै आफुहरुले जटिल प्रकृतिका कोरोना संक्रमितलाई उपचारको लागि आवश्यक पर्ने प्लाज्मा थेरापीको लागि रगत डोनेट गर्न समत तयार रहेको बताएका छन् ।

प्रकाशित मितिः     10:21:45 AM  |