समाजसेवी महिला औतरा देई कसौधन(चौधराइन)को ४९ औं स्मृती दिवश मनाइयो


नेपालगन्ज ६ साउन :  नेपालगन्जकी दानवीर महिला औतरा देई कसौधन(चौधराइन)को ४९ औं स्मृती दिवश मनाइएको छ ।

औतरादेईले भेरी अस्पताल, जनस्वास्थ्य कार्यालय, महेन्द्र बहुमुखी क्याम्पस र नारायण हाईस्कुल स्थापनाका लागि जग्गा दिन दिएको भतिजा राधेश्याम बैश्य बताउँछन् ।

सोही आधारमा भेरी अस्पताल र महेन्द्र बहुमुखी क्याम्पसमा उनको सालिक अनावरण गरिएको छ ।

शनिवार स्मृती दिवशमा पूर्वमन्त्री एवं संघीय सांसद मोहमद ईस्तियाक राई, भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद, श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव अजय टण्डन, अस्पताल विकास समिति सदस्य सरस्वती मल्ल लगायतको सहभागिता थियो ।

सहभागिहरुले दानवीर महिला चौधराइनको प्रशंसा गरेका थिए ।

बिक्रम सम्बत १९५४ मा जन्मिकी चौधराइनको मृत्यु २०२८ भाद्र ६ गते भएको थियो । नेपालगन्ज –१५ की चौधराईन लक्ष्मी प्रसाद बैश्यकी पत्नि हुन । उनी निसन्तान हन । कसौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले दानवीर महिला चौधराइनको सदैव सम्झना भइरहने बताए ।

 

प्रकाशित मितिः     ६ भाद्र २०७७, शनिबार ११:२३  |