नेपालगन्जमा सेकुवा र भुटुवाको मूल्य बढ्यो


नेपालगन्ज ७ भदौ :  नेपालगन्जको सेकुवा र भुटुवा सबैभन्दा उत्कृष्ट खानाका परिकार हुन ।

यो नरुचाउने सायदै कोही होलान् । धम्वोझी वा बिपीचोक जहाँ गए पनि यो परिवारका् स्वाद चाख्न पाइृन्छ ।

यतिबेला भने लकडाउनले गर्दा सेकुवा पसलहरु सुनसान जस्तै छन् । कुनै बेला अत्याधिक भिडभाड हुने ठाउँ अहिले सुनसान छन् ।

लकडाउनकै प्रभाव नेपालगन्जमा सेकुवा, भुटुवा, मम, चाउमिन लगायतको परिकारको मूल्य बढेको छ ।

होटल सन्चालकहरुका अनुसार मासुको मूल्य बृिद्ध भएपछि सेकुवा र भुटुवा लगायतको पनि मूल्य बढाउनु परेको हो । पहिले एक सिल सेकुवाको मूल्य १ सय ५० थियो अहिले बढेर १ सय ८० पुगेको छ ।

भुटुवा २ सय प्रति प्लेट रहेकोमा अहिले ३० रुपैया बृद्धि भएर २ सय ५० प्रति प्लेट भएको छ । ममको मूल्य पनि १ सय ५० देखि १ सय ७० सम्म पुगेको छ ।

प्रकाशित मितिः     ७ भाद्र २०७७, आईतवार ०७:४२  |