बाँकेमा प्रहरी सहित ४६ जना संक्रमणमुक्त


नेपालगन्ज ७ भदौ : आईतबार बाँकेबाट ठुलो सँख्यामा संक्रमितहरु निको भएर घर फर्कदैं छन । कोरोना नियन्त्रणकालागि अग्रभागमा खटिएका सुरक्षाकर्मीसहित ४६ जना संक्रमण मुक्त भएका हुन ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठकाअनुसार वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरिक्षकसहित ३० प्रहरी, ४ जना सहयोगी र अन्य १२ जना घर फर्कन लागेका हुन ।

विभिन्न आईसोलेशनमा बसेका उनिहरुलाई आजै डिस्चार्ज गर्ने तयारी गरीएको श्रेष्ठले बताए । श्रावण २५ गते संक्रमण पुष्टि भएपछि उनिहरुलाई आईसोलेशनमा राखेर उपचार सुरु गरीएको् थियो । आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखीका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गर्न लागिएको श्रेष्ठले स्पष्ट पारे ।

बाँकेमा हालसम्म ८ सय २१ र अन्य जिल्लाका ४ गरी ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ४ जनाको मृत्यु भइसकेको छ । आज हुने डिस्चार्ज समेत गरी कुल ६ सय १४ जना संक्रमित निको भइसकेका छन भने अब विभिन्न आइसोलेसनमा २ सय ३ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः     ७ भाद्र २०७७, आईतवार ०७:५३  |