अट्वारी पर्वको सांस्कृतिक महत्व


पश्चिम नेपालको तराई र भित्रि मधेसका थारुले अट्वारी पर्व धुमधामसँग मनाउँछन् । दाजु र बहिनी, भाई र दिदिको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रुपमा यो पर्वलाई लिइन्छ ।

यो पर्वमा दाजुभाईले विवाहित दिदिबहिनीलाई कोसेली दिने चलन छ । यो अनिवार्य जस्तै मानिन्छ ।
सवै पर्वको आ–आफ्नो महत्व हुन्छ ।

हिन्दु धर्मावलम्बीले मान्ने प्रायःजसो पर्व भगवानसँग जोडिएका छन् । हरेक पर्वको विशेषता, महत्व फरक–फरक छ । त्यसैमा पनि थारु समुदायको आफ्नै परम्परागत चाल चलन छन् । आफ्नै संस्कार, आफ्नै मौलिक भेषभुषा, संस्कृति र चालचलन पनि छुट्टै छ । थारु समुदाय प्रकृतिको पूजा गर्छन् ।

धेरैजसो समय खेतीपातीम ब्यस्त रहने भएकोले थकान मेटाउनका लागि काम सक्ने वित्तिकै माछा, मासु खाने र नाचगान गरि रमाइलो गर्छन् । त्यसैले बाह्रै महिना थारु समुदायको कुनै न कुनै पर्व पर्ने गर्दछ ।

दाङका थारुले कृष्ण जन्माष्टमीपछि अट्वारी मनाउँछन् । यो चलन दाङबाट बसाईसराई गरि बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतमा बसोबास गरिरहेका थारु समुदायमा पनि विद्यमान छ ।

थारु जाती ‘माघी’ र दसैँ पछि ‘अट्वारी’ पर्वलाई तेस्रो ठूलो पर्वको रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई थारु समुदायले दुई दिनसम मनाउँछन् ।

कृष्ण जन्माष्टमीको दुई हप्ता पछि अर्थात कुशे औँसीको केहि दिन पछि र हरितालिका तीजको अघिपछि पर्ने आइतवार मनाइने भएकोले यो पर्वलाई अट्वारी भनिएको हो । पश्चिम नेपालका भित्रि मधेस र तराईका दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु जातीले यो पर्व उल्लासमय वातावरणमा मनाउने गर्दछन् ।

‘अट्वारी’ पर्वमा थारु समुदायका प्रायः पुरुष मात्र ब्रत बस्छन् । पुरुषहरु भालेले डाँको छोड्नु भन्दा पहिले दर खान्छन् । यसलाई थारु समुदायले ‘भिन्स¥या’ भन्दछन् । ब्रत बस्ने पुरुषहरु निराहार ब्रत बस्छन् । र, दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन् । यो आगो मुखले फुक्न मिल्दैन ।

मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ । ‘गन्यारी काठबाट निकालिएको आगो मुखले फुकेमा अशुद्ध मानिन्छ र फेरि अर्को आगो निकालेर रोटी पकाउनु पर्छ,’ थारु गुर्वा मोहनलाल चौधरीले भने ।


‘अट्वारी’ मनाउने चलन थारु जाती संगठित भई बस्न थालेदेखि नै सुरु भएको मानिन्छ । यो पर्वसँग ऐतिहासिक घटना जोडिएको छ । पाँच पाण्डव र द्रोपती सवैजना सुर्खेतको काँक्रेविहार घुम्न गएको बेला दाङ्का थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको खवर सुन्ने वित्तिकै तावामा पकाउन राखेको रोटी छोडेर भीम (भ्यावाँ) दंगीशरणको पक्षमा लडाइँ गर्न दाङ आएको र शत्रुलाई पराजित गरेको किवदन्ती छ । त्यसैले भीम जस्तै बलियो हुन पाउँ भनि अट्वारीमा एकतर्फ मात्र पकाएको रोटी भीमलाई पूजा गर्दछन् । यहि मान्यतालाई विश्वास गरि थारु समुदायले भीम जस्तो बलियो हुन पाउँ भनि ‘अट्वारी’ पर्व मनाउन थालेको थारु संस्कृतिका अन्वेषक अशोश चौधरी बताउँछन् ।

थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेला भीमको सहयोगमा आइतवारका दिन विजय प्राप्त गरेको मान्यता अनुसार थारु समुदायले भीमका नाममा आइतवारका दिन ‘अट्वारी’ पर्व मनाउन थालेको उनले बताए । सधैँ काममा ब्यस्त रहने परिश्रमी थारु समुदायका पुरुषहरु भीम जस्तै बलियो हुन पाउँ भनि अट्वारीमा भीमको नाममा निराहार ब्रत बस्ने र पूजा गर्छन्,’ उनले भने ।

‘अट्वारी’ पर्वमा थारु समुदायका प्रायः पुरुष मात्र ब्रत बस्छन् । पुरुषहरु भालेले डाँको छोड्नु भन्दा पहिले दर खान्छन् । यसलाई थारु समुदायले ‘भिन्स¥या’ भन्दछन् । ब्रत बस्ने पुरुषहरु निराहार ब्रत बस्छन् । र, दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन् । यो आगो मुखले फुक्न मिल्दैन । मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ । ‘गन्यारी काठबाट निकालिएको आगो मुखले फुकेमा अशुद्ध मानिन्छ र फेरि अर्को आगो निकालेर रोटी पकाउनु पर्छ,’ थारु गुर्वा मोहनलाल चौधरीले भने ।

अट्वारीमा के के गरिन्छ ?
अट्वारीको अघिल्लो रात भालेले डाँको छोड्नु भन्दा पहिले दर खाइन्छ । दर खाएका पुरु दिनभर निराहार ब्रत बस्छन् । र, दिउँसो नुहाएर बैठक कोठा लिपपोत गरि काठबाट निकालिएको आगोमा रोटी पकाउँछन् । सवैभन्दा पहिले भीमका लागि एकतर्फ पकाइन्छ । उक्त रोटीलाई ‘भेवाँ’ के रोटी भनिन्छ । भीमको लागि रोटी पकाई सकेपछि मात्र अरु रोटी पकाउने चलन छ ।

एकतर्फ मात्र पकाएको रोटी भीमलाई चढाइन्छ भने अरु रोटी अन्य देवीदेवता र आफ्ना चेलीबेटीलाई उपहार दिइन्छ । निराहार ब्रत बसेका पुरुष बेलुकी पख भीम र अन्य देवीदेवतालाई रोटी, फलफुल चढाउँछन् । एउटा टपरीमा रहेको रोटी र फलफुल एक–एक, दुई–दुई वटा अर्को टपरीमा राखिन्छ । र, रोटी, फलफूल आगोलाई पनि चढाइन्छ । यसलाई थारु भाषामा ‘अग्रासन कहर्ना’ भनिन्छ ।
त्यसपछि देवतालाई पानी चढाउने गरिन्छ । यसलाई पानी पर्छना भनिन्छ । यी सवै कर्म गरिसकेपछि घरका सवै एक ठाउँमा बसेर खाने चलन अझैँ पनि विद्यमान छ,’ पछला प्रगन्नाका देसबन्ढ्या गुर्वा लिलामणी चौधरीले भने ।

अट्वारीको दोस्रो दिन फह्रार
‘अट्वारी’ को दोस्रो दिनलाई फह्रार गरिन्छ । अट्वारीको ब्रत बस्ने पुरुषहरु विहानै उठेर नजिकैको नदी, खोलामा गएर नुहाउँछन् । नुहाइसकेपछि बैठक कोठलाई लिपपोत गरि तीन, पाँच या सात थरिका तरकारी पकाउँछन् । तरकारीमा चना, मटर, केराउ, सिल्टुङको तरकारी अनिवार्य हुन्छ । फह्रार गर्नका लागि पोइँको पातको तरकारी पनि प्रायःजसोले बनाउने गर्दछन् ।
यी विभिन्न थरिका तरकारी र भात टपरीमा राख्ने र आधा भाग आफ्ना चेलीबेटीका लागि अर्को टपरीमा राखिन्छ । र, सवै थरिका तरकारी र भात अलिकती झिकेर आगोलाई चढाइन्छ । यसलाई नै थारु समुदायले फह्रार कर्ना भन्दछन् ।
ब्रत बसेका सवैले फह्रार गरिसकेपछि घरका सवैजना सँगै बसेर भात खान्छन् । अट्वारीको बेलुकीपख चेलिबेटीका लागि छुट्याइएको अग्रासनको रोटी र सोमवार विहान गरिएको फह्रारको भात तथा तरकारी आफ्नो विवाहित चेलीबेटीलाई अग्रासनको रुपमा दिने चलन छ ।

अग्रासनको पर्खाईमा चेलीबेटी
थारु समुदायले अट्वारीको रोटीपुरी र तरकारी, भात आफ्ना चेलीबेटीलाई दिने गर्दछन् । यसलाई थारु समुदायले अग्रासन भन्छन् । परापूर्व कालदेखि नै अग्रासन दिने गरिएकोले विवाहित चेलीबेटीहरु अग्रासनको पर्खाईमा हुन्छन् । जबसम ‘अग्रासन’ दिन दाजुभाई, काका, बाबा आउँदैनन् तबसम्म पर्खेर बसेका हुन्छन् । ‘अग्रासन दिन नआउँदासम्म केहि नखाएर चेलीबेटी बसेका हुन्छन्,’ थारु अगुवा एकराज चौधरीले भने, ‘अघिपछिको भन्दा अट्वारीको अग्रासनको चेलिबेटीले महत्व मान्दछन् । अग्रासन दिन नजाने हो भने पीर मान्दछन् । अघिपछिको भन्दा चेलीबेटीलाई यसको आशा बढि हुन्छ ।’

सकारात्मक पक्ष
थारु समुदायको अट्वारी पर्व दाजु–बहिनी, दिदि र भाई वीचको सम्बन्ध जोड्ने, बढाउने र बजबुत बनाउने पर्वको रुपमा लिइन्छ । अघिपछि दाजु–बहिनी, भाई र दिदि वीच भएको मनमुटाव पनि अट्वारी पर्वले मेटाउने गर्दछ ।
बर्षभरि दिदि बहिनीको घरमा नगएका दाजुभाई जसरी भए पनि अट्वारीको अग्रासन दिन जान्छन् । बर्षभरिको रिसराग पनि ‘अट्वारी’ को अग्रासनले मेटाउने गर्दछ । त्यसैले ‘अट्वारी’ पर्वलाई मेलमिलाप र सद्भावको पर्वको रुपमा लिइन्छ । यो पर्वले दाजुभाई र दिदिबहिनीको भेटघाट गर्ने अवसर जुराउने गरेको छ ।

रदेश ५ सरकारले ७ भाद्रका दिन थारु समुदायलाई बिदा दिने भएको छ । उक्त दिन थारु समुदायको पवित्र पर्व अट्वारी पर्ने भएकोले प्रदेश ५ सरकारले थारु समुदायलाई मात्र बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३ भाद्रमा सार्वनिक सूचना जारी गरि ७ भाद्रका दिन थारु समुदायले मनाउने अट्वारी पर्व पर्ने भएकोले दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको स्पष्ट पारेको छ । ‘प्रदेश सरकार (मन्त्रीपरिषद) को १० बैशाख, २०७७ को निर्णय अनुसार ७ भाद्र, २०७७ का दिन थारु समुदायलाई अट्वारीको सार्वजनिक बिदा रहेको छ,’ मन्त्रालयका उप–सचिव माधवराज मरासिनीद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः     9:23:06 AM  |