कच्चा पदार्थको आयातले साउनमा बढायो नेपालगन्ज भन्सारको राजश्व


नेपालगन्ज ७ भदौ : उद्योग,कलकारखाना चल्न थालेसंगै नेपालगन्ज भन्सार कार्यालयबाट कच्चा पदार्थ आयात बढेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार कच्चा पदार्थको आयात र चुहावट नियन्त्रण भएपछि गत साउन महिनाको राजश्व असुली पनि सन्तोषजनक भएको प्रमुख भन्सार अधिकृत शान्तीराम निरौलाले बताए ।

उनका अनुसार,९४ करोड लक्ष्य तोकिएकोमा रु १ अर्व ६८ करोड राजश्व संकलन भएको छ ।

यो १ सय ७७ प्रतिशत बढि हो ।
प्रमुख भन्सार अधिकृत निरौलाले उद्योग,कलकारखानासंग जोडिएका कच्चा पदार्थ आयात बढेको बताए । कच्चा पदार्थ आयात बढेपछि भन्सार राजश्व असुली बढेको हो ।


नाका बन्द भएका कारण अन्यत्र भन्दा मूल नाकाबाट सामाग्री आयात भएको छ ।

आईतवार जिल्लास्थित राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा भन्सार प्रमुख निरौलाले राजश्व असुली सन्तोषजनक हुनुमा कर्मचारी, सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण भएको बताउँदै प्रशंसा गरे ।

बैठकले राजश्व चुहावट नियन्त्रण प्रभावकारी बनाउने निर्णय भएको छ ।

प्रकाशित मितिः     3:00:47 PM  |