गुर्भाकोट -७ मा नेकपामा प्रवेशको लहर


गुर्भाकोट (सुर्खेत ) :  गुर्भाकोट नगरपालिका वडा नं. ७ कोप्चीमा बिभिन्न पार्टी परित्याग गरी ७४ घरपरिवारका सदस्यहरु नेकपामा प्रवेश गरेका छन् ।

बुधवार संघीय सांसद एवं नेकपा सुर्खेतका अध्यक्ष ध्रुबकुमार शाहीको प्रमुख आतिथ्यता र प्रदेश सांसद ठम्मर बिष्टको बिशेष आतिथ्यता पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो । विकास र समृद्धिका लागि आफुहरु नेकपा प्रवेश गरेको स्थानीय भनाई थियो । नेकपाका अनुसार उनीहरु काँग्रेस परित्याग गरी नेकपामा आएका हुन ।


कार्यक्रममा बोल्दै सांसदद्धय शाही र बिष्टले समृद्धिको रथ नेकपाले मात्र गुडाउन सक्ने भएकाले आमनागरिकलाई आकृषित भएको बताए । उनले विकास र समृद्धिका लागि जनताले नेकपालाई रोजेका बेला बिपक्षीहरु आत्तिएको बताए । उनीहरुले ग्रामिणक्षेत्रमा विकासका लागि कुनै कुरामा सम्झौता नगर्ने पनि बताए ।

प्रकाशित मितिः     8:57:03 PM  |