२ अर्वको लागतमा गोल्यान समूहले खजुरामा बनाउँदै छ बृहद सोलार परियोजना


नेपालगन्ज ९ भदौ :  गोल्यान समूहले बाँकेको खजुरा गाउँपालिका -८ रनियापुरमा २० मेगावाट क्षमताको ग्रिड कनेक्टेड सोलार आयोजना निर्माणको काम चाँडै शुरु गर्ने भएको छ ।

२ अर्व लागतमा निर्माण हुने उक्त परियोजनाका लागि एक वर्ष भन्दा अगाडी नै जग्गा खरिद भइसकेको छ । स्थानीय जनप्रतिनिधिले सोलार परियोजनाका लागि भन्दै जग्गा खरिद भएको पुष्टि गरेका थिए । उक्त परियोजना देशकै प्रतिष्ठित उद्योगी समूह गोल्यानको रहेको पाइएको
छ ।

गोल्यान समूहको भगिनी कम्पनी प्योर इनर्जी प्रालिले आफ्नो वेयभसाईडमा बाँकेमा सोलार परियोजना आउँन लागेको बताएको छ । सोलार आयोजनाको अध्ययन पूरा भइसकेको छ भने निर्माण कार्यका लागि साउन २५ गते विद्युत विकास विभागमा निवेदन दिएको छ।


कोभिड महामारीका कारण परिस्थिति अनुकूल नभएपछि विद्युत प्राधिकरणसँग हुने विद्युत खरिदबिक्री सम्झौता ९पीपीए० भने हुन नसकेको गोल्यान समूहले जनाएको छ।

२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट २ ब्लकमा १०र१० मेगावाट विद्युत उत्पादन गरिने छ। पीपीए भएपछि ५र६ महिनाभित्र निर्माणमा जान सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मितिः     12:44:29 PM  |