धन्यवाद प्रधानमन्त्री ज्यू,जुम्लामै बिशेषज्ञ डाक्टरको पढाई हुने निर्णय गरेकोमा !


नेपालगन्ज । जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले चिकित्सा बिज्ञान स्नातकोत्तर तहको शिक्षा(एमडिजीपी,एमडी एनेसथेसिया लगायत) मा अध्यापन अनुमति प्राप्त गरेको छ ।

साउन ३० गते सम्पन्न प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपि शर्मा ओलीको अध्यक्षता बसेको बैठकले गरेको निर्णयको मंगलबार अध्यापन अनुमती दुने निर्णय प्रमाणित गरिएको हो ।

लामो समय देखि ओझेलमा परेको कर्णालीले एतिहासिक उपलब्धि प्राप्त गर्‍यो भन्दै प्रदेश सांसद तथा प्रदेश कानुन मन्त्री नरेश भण्डारीले फेसबुक प्रतिक्रिया दिदै भने,” सेतो हिउमा सेतै एप्रोन लगाएका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने सपनाले एक हदसम्म सार्थकता हासिल गरेको छ ।”


मन्त्री भण्डारीले कर्णालीले मुलुकका लागि विशेषज्ञ डाक्टर उपलब्ध गराउने अवसर पाएको बताए ।
साथै उनले प्रधानमन्त्री ओली, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, कासका पदाधिकारीहरु लगायतलाई आभार व्यक्त गरे ।

मन्त्री भण्डारी संबिधान सभाको सांसद भएका बेला कर्णाली स्वस्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेलेका थिए । प्रधानमन्त्री मन्त्री ओलीले गरेको यो निर्णयले कर्णाली बासिहरुलार्इ उत्साहीत बनाएको छ ।

विशेषज्ञ डक्टर बन्न कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ढोका खुले संगै कर्णाली प्रदेश कै उचाई बढेको बिष्लेषकहरुले विश्लेषण गर्न थालेका छन् ।

प्रकाशित मितिः     8:16:42 AM  |