कोहलपुरको लकडाउनका विषयमा आज निर्णय हुँदै, मेयर खुकुलो बनाउनुपर्ने पक्षमा


कोहलपुर १०भदौ :  कोहलपुर नगरपालिकामा भदौ ३२ गतेबाट शुरु भएको कडा लकडाउन बुधवार राती १२ बजेपछि सकिदैछ ।

समुदाय स्तरमा कोरोना फैलिएको भन्दै कोहलपुर नगरपालिकाले लकडाउन गरिएको थियो ।

लकडाउनका क्रममा बैंक तथा वित्तीय संस्था बन्द छन् भने सवारीसाधन सन्चालनमा रोक लगाइएको छ ।

लकडाउन अन्त्य हुने भएपछि यस विषयमा थप निर्णय गर्न कोहलपुर नगरपालिकामा दिउँसो १ बजे स्थानीय कोभिड संकट व्यवस्थापन समितिको बैठक डाकिएको छ । बैठकले लकडाउन खुकुलो बनाउने गरी निर्णय लिने सम्भावना छ ।

सावधानी अपनाउने गरी हाल बन्द रहेका अत्यावश्यक क्षेत्र सन्चालनमा ल्याउने गरी निर्णय हुने सम्भावना रहेको छ ।


कोहलपुरका मेयर लुटबहादुर रावतले लकडाउनको समायवधि लामो भएको बताउँदै अब सावधानी अपनाउने गरी लकडाउन खुकुलो बनाउने आफ्नो मत रहेको बताए । तर बैठकले के निर्णय गर्छ भनेर अहिले भन्न नसक्ने उनको भनाई थियो ।

मेयर रावतले भने-बैठकमा सरोकारावाला निकायबाट प्रतिनिधित्व हुन्छ । त्यसका आधारमा निर्णय हुने भएकाले अहिल्यै के हुन्छ भन्न सक्दिन । तर मेरो मत त अब लकडाउन खुकुलो बनाउनुपर्छ भन्ने नै छ ।

कोहलपुर लकडाउनको अवधि लामो भएपछि अब खुकुलो बनाउने गरी निर्णय हुनुपर्ने बिचार प्रकट भएका छन् ।

बैठकले नगर क्षेत्र भित्र एम्वुलेन्स,शववहान र अतिआवश्यक सेवाका ढुवानीका साधन बाहेक नगरपालिकाको कार्यालय,सवै वडा कार्यालय र शाखा कार्यालयहरु, नगरपालिका क्षेत्र भित्र रहेका सबै सरकारी तथा गैरसरकारी संघ संस्था, बैंक तथा वित्तिय संस्था, होटेल रेष्टुरेन्ट, उद्योग व्यवसाय तथा बजार, शिक्षण संस्था सबै बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः     9:51:33 AM  |