- क्यापिटल नेपालबाट
काठमाडौं । राजधानी रहेको काठमाडौं उपत्यकामा घर बनाएर बस्ने धेरैको चाहना हुन्छ । घडेरी किनेर घर बनाउने झण्झट लिन नचाहनेहरु बनिबनाउ घर किनेर बस्न पनि चाहन्छन् ।
तर पछिल्लो पटक काठमाडौंमा बनिबनाउ घर किन्नेहरुको संख्या अत्यन्तै न्यून रहेको घरजग्गा व्यवसायीहरुले बताएका छन् । जग्गा किन्नेहरुको संख्या उल्लेख्य रहे पनि घर किन्नेहरु अत्यन्तै न्यून रहेको घरजग्गा एजेण्ट एसोसिएसन बताउँछन् । एसोसिएसनकाअनुसार जग्गा किन्नेहरुबको संख्या भने पनि कुनै कमि आएको छैन । जग्गा किन्नेको तुलनामा घर किन्नेहरुको संख्या न्यून छ ।
जग्गाको तुलनामा घरको कारोबार आधा पनि नहुने गरेको सम्बद्ध व्यवसायी बताउँछन् । धेरैले जग्गा किनेर आफै घर बनाउन चाहान्छन् । घर किन्दा अरुले ब्यापारिक प्रयोजनका लागि बनाएको हो वा के हो भनेर धेरैले आशंका गर्ने गर्छन् ।
अहिले ललितपुरको टिकाथली, महालक्ष्मीस्थान, बालकुमारीलगायतका स्थानमा घर बनाएर बेच्नेको लाइन छ । तर, किन्ने ग्राहक भने छैनन् । कतिपयले बेच्नकै लागि पनि घर बनाएका छन् । उनीहरुले धेरै घर बेच्न चाहन्छन् । तर, घर किन्ने ग्राहक नै छैनन् ।
अर्को कुरा परिवारका सबै सदस्य राम्रो मुलुकमा स्थानान्तरण भएपछि पनि काठमाडौका घर बेच्न चाहन्छन् । छोराछोरीहरु सबै विदेशमा भएपछि आफू पनि छोराछोरीसँगै जान चाहने तर दुःख गरेर बनाएको घर थोत्रो हुने डरले बेचेरै जान चाहनेहरु पनि छन् । कोही बैंक वा वित्तीय संस्थाको कर्जा तिर्न नसकेर पनि घर बिक्री गर्न आत्तिन्छन् ।
घर किन्नेहरु सबैले सबै आफूसँग सबै नगद भएर मात्र किन्दैनन् । केही रकम भुक्तानी गर्ने र बाँकी कर्जा लिएर तिर्नेहरु धेरै हुनछन् । घर किन्ने सोँच भएकाहरु आफूसँग भएको नगदले घडेरी किनेर राख्छन् । काठमाडौंमा घर बेच्नेहरु धेरै हुँदा पनि त्यसको अनुपातमा किन्नेको संख्या न्यून छन्, कारण घरको मूल्य अस्वाभाविक हुनु हो । किन्नेहरु कम हुनुको कारण भनेको ऋणको समस्या पनि हो ।
उपत्यकामा १ करोड रुपैयाँसम्मका घर पनि बिक्री हुन छाडेका छन् । राजधानीमै तीन आना जग्गा किनेर घर बनाउँदा ९० लाखमा एक तला घर बन्छ । तर, व्यवसायीले साँढे २ आनामा बनाएको घर एक करोड रुपैयाँ भन्दा माथि पर्न जान्छ । त्यो भएपछि राजधानीका घर बिक्री हुनै छाडेका छन् । घर किन्न खोज्नेहरुमध्ये करोडभन्दा कम मूल्यका घर खोज्नेहरु धेरै छन् ।