मैले ल्याएको बजेट कार्यान्वयन गर्न नदिने षडयन्त्र भयो-ईस्तियाक राई


नेपालगन्ज १० असोज :  बाँकेका निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद एवं पूर्वमन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्ज उपमहानगरपालिकाकै कारण स्थानीय पूर्वाधार विकास साझेदारीको डेढ करोड फ्रिज भएको दावी गरेका छन् ।

भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि रकम उपलब्ध गराएको उक्त रकम फ्रिज भएपछि सांसद राई र नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाबचि आरोप प्रत्यारोपण चलिरहेका बेला सांसद राईले बुधवार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन ।

उनले फ्रिज नहुने गरी बजेटको व्यवस्था गर्दा समेत उपमहानगरपालिकाले रकम निकासा गर्न चासो नदिएको बताए ।

उनले उपमहानगरपालिकाले त्यति ठूलो रकम फ्रिज हुने अवस्थामा पुर्याएका कारण माफी माग्नुपर्नेमा उपमहानगरपालिकाले गल्ती ढाकछोप गरिरहेको बताएका छन् ।

‘डेढ करोड’को किचलो !


उपमहानगरपालिकाले सहजै उक्त रकम झिक्न सक्ने भए पनि लापरवाही गरेको बताए ।

सांसद राईले रकमका विषयमा उपमहानगरपालिकाले कुनै चासो नदिएकाले भेरी अस्पताललाई भेन्टिलेटर व्यवस्था गर्नबाट बन्चित गरेको स्पष्ट पारे ।

सांसद राईले हाईमाष्ट लाइटका विषयमा पनि अनावश्यक आरोप लगाइएको भन्दै ध्यानार्कषण भएको जनाएका छन् ।

मन्त्री राईले सहरी विकास मन्त्री हुँदा अन्यत्र क्षेत्रको बजेट ल्याएर आफ्नो क्षेत्रमा ल्याउँदा समेत सुःख नपाएको बताए । उनले

बजेट कार्यान्वयन गर्नुहुँदैन भन्ने मानसिकता देख्दा ठिट लागेको बताउँदै जिल्लाको विकासका लागि आफुले सबैसंग हातेमालो गर्न तयार रहेको पनि जनाए ।

प्रकाशित मितिः     12:19:05 PM  |