सिटी प्यालेसमा आइसोलेसनका लागि नयाँ शुल्क निर्धारण, न्यूनतम रु १ हजार


नेपालगन्ज १० भदौ :  होटल सिटी प्यालेसमा संक्रमितका लागि लाग्ने खर्चमा हेरफेर गरिएको छ । हरेक संक्रमितले धान्न सक्ने गरी नयाँ शुल्क निर्धारण गरिएको होटलका प्रबन्ध निर्देशक लोकेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार अब संक्रमितले आफुनुकुल हुने गरी सूविधा लिने छन् भने सोही अनुसार खर्च लाग्ने छ । तर न्यूनतम सेवा सूविधाको गुणस्तरमा कुनै प्रकारको सम्झौता नगरिने उनले बताए ।

नयाँ निर्धारण गरिएको शुल्क अनुसार,सिङ्गल कोठा एसि रु ४ हजार, डबल कोठा एसि रु २५ सय, सिङ्गल कोठा एसि रु ३ हजार, डबल कोठा एसी रु १७ सय ५०, डबल कोठा एसी नचलाएर रु १५ सय, हल बेड एसी रु १ हजार कायम गरिएको छ । हलबेडमा सूविधा सम्पन्न हलमा आइसोलेसन बस्ने व्यवस्था मिलाइएको छ ।

सुविधामा बिहानको नास्ता, बिहानको खाना, दिउसोको खाना, साझको खानाको व्यवस्था गरिएको छ ।

प्याकेज अनुसार खाना नास्ताको मेनु फरक हुने भएकाले मुल्य फरक भएको बताउँदै अर्यालले भने,–‘ बिहानको नास्ता, बिहानको खाना, दिउसोको खाना, साझको खाना त सबैलाई बराबर हुन्छ । यसको गुणस्तर र सूविधामा कुनै पनि सम्झौता हुँदैन । तर त्यस बाहेकको थप मेन्यु यदि कसैले चाह्यो भने मुल्य फरक हुने छ ।’

न्यूनतम मूल्य रु १ हजार कायम भएकाले अब उक्त आइसोलेसनमा बस्न सहज हुने छ । सेल्फपेयड आइसोलेसनका रुपमा सिटी प्यालेस र होटल इन्द्रेणीलाई मान्यता दिइएको छ ।

 

प्रकाशित मितिः     १० भाद्र २०७७, बुधबार १७:०१  |