नेपालगन्ज मेडिकल कलेजले थप सय बेडको कोरोना डेडिकेटेड वार्ड सन्चालन गर्दै


नेपालगन्ज १० भदौ :  नेपालगन्ज मेडिकल कलेजले एक सय बेडको कोरोना डेडिकेटेड वार्ड सन्चालन गर्ने भएको छ ।

पछिल्ला दिनहरुमा लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएका कारण कोरोना संक्रमितहरुको उपचार थप जटिल बन्दै गएको भन्दै यस्तो सुविधा थप गर्न लागेको बुधवार एक प्रेस बिज्ञप्ती जारी गर्दै अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनौडिया र उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तो अबस्थामा समयमा उपचार नै नपाएर संक्रमित बिरामीहरुको मृत्यु हुन सक्ने अबस्था आउन नदिन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आईसियू सहितको ५० बेडको प्रि आइसोलेसन वार्ड (कोभिड-१९ का शंकास्पद बिरामीका लागी) संचालनमा ल्याइसकेको छ । अब एक सय बेडको कोरोना डेडिकेटेड वार्ड संचालन गर्न लागिएको छ । ती सबै बेडमा २४ घन्टा सहज रुपमा अक्सिजन सप्लाई उपलब्ध अस्पतालले जनाएको छ ।

हेर्नुहोस् बिज्ञप्ती

कोरोना संक्रमण बढ्दै गएका कारण सुरु भएको लकडाउन, निषेधित क्षेत्र र शिलबन्दीका कारण बिगत ६ महिना देखि जनजीबन कष्टकर बन्दैगएको छ ।
कोरोना संक्रमणको जोखिम सुरु भएसंगै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सुरक्षा सजकता अपनाउदै कोरोनाका शंकास्पद बिरामी देखि संक्रमित भएर जटिल किसिमको स्वास्थ्य समस्या भएका बिरामीहरुको शल्यक्रिया सहितको उपचार सेवा प्रदान गर्दै आएको छ ।

कोरोनाका शंकास्पद र संक्रमित बिरामीहरुको उपचार गर्ने क्रममा शिक्षण अस्पतालका ३ जना डाक्टर, २४ जना स्वास्थ्यकर्मी र उनका परिबारका सदस्य सहित ३० जना संक्रमित भईसकेका छन । यस्तो अबस्थामा पनि बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण अस्पताल कोहलपुरले थप साबधानी अपनाउदै बिरामीहरुको उपचार सेवालाई निरन्तरता दिदैआएको छ ।

कोरोनाको संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपनि उपचारका लागि आएका १८९ जना बिरामीलाई शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरले आइशोलेसन वार्डमा भर्ना गरेर उपचार गर्दैआएको छ । उपचारका क्रममा पिसिआर परिक्षण गर्दा हाल सम्म ५५ जनामा जना बिरामीमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितहरु मध्ये अधिकाश निको भएर घर फर्किसक्नु भएको छ भने केहिको उपचार भईरहेको छ । यो अबधिमा स्वास्थ्यमा जटिल समस्या भएपछि अस्पतालमा भर्ना भएका ७ जना बिरामीहरुको मृत्यु पनि भएको छ ।


पछिल्ला दिनहरुमा लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएका कारण कोरोना संक्रमितहरुको उपचार थप जटिल बन्दै गएको छ । यस्तो अबस्थामा समयमा उपचार नै नपाएर संक्रमित बिरामीहरुको मृत्यु हुन सक्ने अबस्था आउन नदिन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आई.सि.यू सहितको ५० बेड को Pre-isolation ward (कोभिड-१९ का शंकास्पद बिरामीका लागी) संचालनमा रहेको र एक सय बेडको कोरोना डेडिकेटेड वार्ड संचालन गर्न लागिरहेको जानकारी गराउन पाउँदा खुशी लागेको छ ।

ती सबै बेडमा २४ घन्टा सहज रुपमा अक्सिजन सप्लाई उपलब्ध हुनेछ । शिक्षण अस्पताल कोहलपुरले यहि भदौ ११ गते देखि संक्रमण भएका, लक्षण देखिएका र स्वास्थ्य अबस्था जटिल भएका बिरामीहरुको उपचारका लागि ८ वेडको आई.सि.यु. Dialysis, Ventilator, High Flow Nasal Cannula (HFNC) सहितको उपचार सेवा गर्दै आएको छ । गम्भिर स्वास्थ्य समस्या भएका बिरामीहरुलाई आबश्यकता अनुसार शल्यक्रियाको सुबिधा पनि प्रदान गरिने छ ।

नेपाल सरकारले शिक्षण अस्पताल कोहलपुरलाई लेबल ३ को घोषणा गरेकै दिन देखि अस्पतालले कोरोनाको संक्रमणका कारण स्वास्थ्यमा गम्भिर समस्या देखिएका गर्भबतीहरुलाई शल्यक्रिया सहित प्रसुती सेवा,तत्कालै सर्जरी गर्नु पर्ने बिरामीहरुलाई सर्जरी सेवा प्रदान गर्दैआएको छ ।

कोरोना संक्रमित भएका कारण प्रादेशिक राजधानी बुटबलमा समेत शल्यक्रिया सहितको सुत्केरी सेवा पाउन नसकेका २ जना महिलाहरुको पनि शिक्षण अस्पतालले सफलतापुर्बक शल्यक्रिया गरेर उपचार गरिसकेको छ ।

यस्तो विषम परिस्थितीमा कोरोनासंग सम्बन्धित बिरामीहरुको उपचारमा दिनरात खट्नु हुने चिकित्सक ,स्वास्थ्यकर्मीहरु लगायत बिरामीको उपचारमा सहयोग पु¥याउनु हुने सम्पुर्ण महानुभाबहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौं । साबधानीका उपायहरु अपनाउदै नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरका सम्पुर्ण सेवाहरु सुचारु गरिनुको साथै बिरामीहरुको उपचार गर्न प्रतिबद्ध रहेको कुरा यहाँहरु मार्फत सवैमा जानकारी गराउन चाहान्छु ।

प्रकाशित मितिः     5:15:52 PM  |