पुर्नकर्जाका लागि असोज ७ गतेभित्र निवेदन दिन सनराइज बैंकको आग्रह


काठमाडौं । पर्याप्त लगानीयोग्य पुँजी भएपछि बैंकहरुले पुर्नकर्जा लिन बोलाउन थालेका छन । यसैगरी सनराइज बैंकले पुर्नकर्जा लिनका लागि आब्हान गरेको छ ।

पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य तथा यस्तो कर्जा उपयोग गरिरहेका ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न सनराइजले भनेको छ ।

सनराइजले असोज ७ गतेसम्म पुर्नकर्जाका लागि आवश्यक कागजातहरु उपलब्ध गराउन अनुरोध समेत गरेको छ । प्राप्त निवेदनका आधारमा ऋणीहरुलाई पुर्नकर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसंग अनुरोध गरिने सनराइजले जानकारी दिएको छ ।


केन्द्रीय बैंकले भदौ १ गते प्रकाशित गरेको सूचना तथा जारी भएको कार्यविधिअनुसार पुर्नकर्जा उपलब्ध हुने सनराइजले स्पष्टपारेको छ । केन्द्रीय बैंकले पुर्नकर्जा कोषलाई बढाएर १ अर्ब रुपैयाँ पुर्याएको छ ।

पुर्नकर्जाको अधिकतम ब्याज ५ प्रतिशतसम्म रहेको छ । पुर्नकर्जा सुविधा प्रतिग्राहक अधिकतम १० करोड रुपैयाँ मात्र प्रवाह हुने छ ।

प्रकाशित मितिः     8:56:26 AM  |