नेपालगन्ज : दुःख पर्दाको साथी शिखर इन्स्योरेन्स नेपालगन्ज शाखाले कोरोनाको विमाको रकम वितरण सुरु गरेको छ । शिखर इन्स्योरेन्समा विमा गराएर कोरोना पोजेटिभ देखिएकालाई विमाको रकम वितरण थालेको शिखर इन्स्योरेन्सका क्षेत्रिय संयोजक यज्ञ बहादुर बस्नेतले जानकारी दिए ।
क्षेत्रिय संयोजक बस्नेतका अनुसार, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीलाई कारोना विमा रकम एक लाख बुधवार हस्तान्तर गरिएको छ । ती प्रहरीलाई केही दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । अन्यलाई पनि कोरोनाको विमा रकम वितरण गर्दै जाने क्षेत्रिय संयोजक बस्नेतले जानकारी दिए ।
शिखर इन्स्योरेन्स नेपालगन्ज शाखाबाट जिल्ला प्रहरी कार्यालय, नेपागन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालीका, बास नेपालगन्ज, विरेन्द्र सैनिक अस्पताल लगायतले ठुला अर्गनाइजेशनले कोरोनाको विमा गराएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका ४ सय ५९ जनाले कोरोना विमा गराएकोमा १५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । सबैले जनही एक एक लाख रकम पाउँदैछन् । शिखर इन्स्योरेन्स नेपालको नम्बर १ इन्स्योरेन्स कम्पनी हो ।