नेपालगन्ज १४ भदौ : औषधी व्यवसायी संघ बाँकेले कोरोना नियन्त्रण अभियानमा सहायता गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई आईतवार कोरोना परीक्षणका लागि नभई नहुने भिटिएम किट हस्तान्तरण गर्यो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई संघका अध्यक्ष बसन्त शर्माले चार सय पिस भिटिएम हस्तान्तरण गरेका हुन ।
सामाजिक उत्तरदायित्व बहन गर्दै संघले सहयोग गरेको महासचिव जिवन शर्माले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको थियो ।