विद्युतका सेवानिवृत्त कर्मचारीलाई विदाई


नेपालगन्ज १४ भदौ :  नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा कार्यरत तथा कर्मचारी संघ इकार्इ अध्यक्ष मुमबहादुर केसी उमेर हदका कारण सेवानिवृत्त भएका छन् ।

कर्मचारी संघ घोराही इकार्इ समितिसमेतद्वारा आयोजित एक कार्यक्रमबीच उनको ससम्मान विदाइ गरिएको छ।

उनले आफ्नो सेवाकालमा कर्मचारी संघको उचाई वृद्धिमा पुर्‍याएको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गरिएको संघका प्रदेश प्रवक्ता भाइराजा श्रीवास्तवले बताए ।


केसीकोे नेतृत्वमा इकाइ स्तरमा कर्मचारी संघ थप सशक्त तथा क्रियाशील रहदै आएकोमा गौरव महसुस गरिएको छ ।

संघले सेवानिवृत्त आगामी जीवन थप स्वस्थ्यपुर्ण,आनन्दमय तथा रचनात्मक रहोस् भन्दै कामना गरेको छ ।

प्रकाशित मितिः     7:41:39 PM  |