औषधी व्यवसायी संघ बाँकेद्धारा भिटिएम सहयोग


नेपालगन्ज १४ भदौ :  औषधी व्यवसायी संघ बाँकेले कोरोना नियन्त्रण अभियानमा सहायता गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई आईतवार कोरोना परीक्षणका लागि नभई नहुने भिटिएम किट हस्तान्तरण गर्यो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई संघका अध्यक्ष बसन्त शर्माले चार सय पिस भिटिएम हस्तान्तरण गरेका हुन ।

सामाजिक उत्तरदायित्व बहन गर्दै संघले सहयोग गरेको महासचिव जिवन शर्माले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मितिः     १४ भाद्र २०७७, आईतवार १९:३५  |