पलायन हुने अवस्थामा पुगे यातायात व्यवसायी, सांसद अथक मार्फत सरकारको ध्यानार्कषण गराए


नेपालगन्ज १४ भदौ : यातायात व्यवसायीहरु कोरोना महामारीका कारण पलायन हुने अवस्थामा पुगेको गुनासो गरेका
छन ।

जिल्लाका यातायात क्षेत्रका समस्या समाधान र राज्यलाई राहातका कार्यक्रम घोषणाका लागी सहजीकरणका लागि भन्दै आईतवार कोहलपुरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन ।

बागेश्वरी यातायत प्रालीको कार्यालयमाा आयोजित कार्यक्रममा यस क्षेत्रका व्यवासयीहरुले नेकपाका नेता एंव संघिय साँसद महेश्वर गहतराज अथक मार्फत राज्यको ध्यानाकर्षण गराएका छन ।

यातायता व्यवसयीहरुले महामारीको अवधीको व्याज मिनाहा र यातायात प्राली प्राधिकरण गठन लगायतका माग राखेका छन । उनिहरुले प्रालीमा गई सकेको व्यवासयी संघ संस्थाका सम्पती रुपान्तरण लगायतका काम छिटो भन्दा छिटो गर्न माग गरेको छन ।


उनिहरुले सार्वजनिक यातायत व्यवसयीलाई परेको असर कम गर्न राहात कार्यक्रम ल्याउन समेत माग गरे ।
कार्यक्रममा बोल्दै नेकपाका नेता एंव संघिय सांसद महेश्वर गहतराज अथकले कोरोना महामारीका कारण यातायात व्यवसायी र मजदुर सबै भन्दा बढि समस्यामा परेको बताउदै राज्यले ठोस कदम चाल्नु पर्ने आवस्यकता औल्याए ।

उनले व्यवसायीका न्यायोचित माग पुरा गर्न आफुले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बागेश्वरी यातायत प्रालीका अध्यक्ष मन प्रसाद आचार्य , नेपाल राष्ट्रिय यातायात व्यवसायी महासघ बाँके संयोजक टंक बस्याल , नमस्ते यातायत प्रालिका अध्यक्ष निरज चलाउने , मजदुर नेता राज कुमार बिसी र यातायात व्यवसायी ज्ञानेन्द्र खनाल लगायतले समस्याका बारेमा बोलेका थिए ।

प्रकाशित मितिः     7:51:23 PM  |