संक्रमितको ज्यान बचाउन वडा अध्यक्ष रिजालले दिए रगत,अरुलाई पनि सहयोगका लागि अनुरोध


नेपालगन्ज १५ भदौ :  नेपालगन्जमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु भएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले ब्लड दिए ।

रिजाल आफै संक्रमित भई उपचार पछि घर फर्किएको २८ दिन भन्दा बढि भएको थियो । सोमवार नेपाल रेडक्रस सोसाईटीको ब्लड बैंकमा प्लाज्मा थेपारीका लागि रिजालले ब्लड दिएका हुन ।

अस्पतालमा उपचार गराइरहेका बिरामीलाई समस्या भएपछि ब्लड दिने दाताको खोजि गरिएको थियो । त्यसका लागि वडा अध्यक्ष रिजाल तयार भएका हुन ।

ब्लड दिदा आफुलाई कुनै समस्या नभएको र अरुलाई बचाउने दायित्व सम्झिएर ब्लड दिएको बताएका छन् ।

भेरी अस्पतालका प्लाजा थेरापीका फोकल पर्सन डा. खगेन्द्रजंग शाहले प्लाजा थेरापीका लागि ब्लड दिदा कुनै समस्या नहुने भन्दै सहयोगका लागि अपील गरे ।

नेपाल रेडक्रस सोसाईटी बाँकेका बरिष्ठ कार्यक्रम अधिकृत दोलख डाँगीले प्लाजा प्लाज्मा थेरापीका ब्लडको ब्यवस्थापनका लागि सबै प्रकारको सेवा उपलब्ध भएको बताए ।

उनले दाताहरुलाई सहयोगका लागि आह्वान गरेका छन् ।

पहिलो पटक प्लाजा थेरापी गर्न ब्लड संकलन गर्ने क्रममा जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजगं शाह, भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल, रेडक्रस सोसाईटीका मन्त्री अजिज अहमद सिद्धी, कोभिड बिशेष फोकल पर्सन नरेश श्रेष्ठ, ब्लड बैंकका प्रमुख उपेन्द्र रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मितिः     १५ भाद्र २०७७, सोमबार १३:१४  |