चटकारे रेष्टुरेण्टको पहिलो आउटलेट त्रिभुवनचोकमा जहाँ पाइन्छ ४० प्रकारका मिठाई


नेपालगन्ज १५ भदौ :  कोभिड १९ का कारण व्यापार व्यवसाय सुक्दै गएको बेला पनि ठुलो लगानीमा नेपालगञ्जमा अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइहरुको उत्पादन गरेर विक्रि शुरु गरिएको छ ।

मेरो प्लानेट कम्पनीको चट्कारे रेष्टुरेण्टले पश्चिम नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरका ४० प्रकारका मिठाइहरुको उत्पादन गरेर सोमवारबाट स्थानीय त्रिभुवन चोकमा विक्रि शुरु गरेको हो ।

मेरो प्लानेटले नेपालगन्जमै बिश्वस्तरीय फनपार्क निर्माण अन्तिम चरणमा पुर्याएको छ । चट्कारे रेष्टुरेण्टका प्रबन्ध निर्देशक डा. ओम मिश्राले नेपाल र भारतीय सीमावर्ति सहरका मिठाई पारखीहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर पहिलो पटक यस क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइको उत्पादन शुरु गरिएको बताए ।

उनले राम्रो मिठाइका लागि भारतको लखनउ जानु पर्ने बाध्यता रहेकोमा अहिले कोभिड १९ का कारण भारतीय सीमाना बन्द रहेकोले नेपालगञ्जमै अन्तर्राष्ट्रिय गुणस्तरका ४० प्रकारका मिठाइहरुको उत्पादन र विक्रि शुरु गरिएको जानकार दिए ।

प्रबन्ध निर्देशक डा. मिश्राले भारतको दिल्ली, कोलकत्ता,चेन्नई, सिंगापुर र दुबईका विभिन्न रेष्टुरेण्ट तथा तारे होटलमा लामो समय काम गरेर अनुभवि शेफहरुले स्वच्छताको सबै मापदण्ड पुरा गरेर अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइ, बेकरी र खाजाका परिकारहरु तयार गरिरहेको उल्लेख गरेका छन् ।

चटकारे रेष्टुरेण्टमा राजस्थानको घेवर, पंजाबको डोडा बरफी, कोलकत्ताको सन्देश मिठाई, अमृतसरी छोला भटुरा लगायत विभिन्न किसिमका आइसक्रिमहरुबाट बनाईएका मिल्शकेक जस्ता परिकारहरु उपलब्ध रहेका छन् ।

शुरुका केही दिनका लागि सो मिठाइ पसलका हरेक उत्पादनमा १० प्रतिशत छुट दिनुका साथै केही समय भित्र होम डेलिभरीको पनि व्यवस्था गरिने चटकारे रेष्टुरेण्टले जनाएको छ ।

प्रकाशित मितिः     १५ भाद्र २०७७, सोमबार १७:०५  |