बाँकेमा ब्यूटिसियन महिलाको कोरोना परीक्षण गरियो


नेपालगन्ज १५ भदौ :  नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा सौन्र्दय कला व्यवसायी संघ बाँके आवद्ध महिलालाई सोमवार स्वाव परीक्षण गरिएको छ ।

संघको सभाहलमा स्वाब परीक्षण गरिएको हो । ५०  महिलाको स्वाब परीक्षण गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए । बाँकेमा स्वास्थ्य प्रोटोकल पालना गरेर ब्यूटिपार्लर सन्चालन गर्न दिन माग गरिएका बेला ब्यूटिसियनहरुको कोरोना परीक्षण गरिएको हो । लामो समयदेखि पार्लर सन्चान हुन नपाउँदा सचालक महिलाहरुलाई समस्या भइरहेको छ ।

तीन सय बढि व्यूटिपार्लरमा पाँच सय बढिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए ।


अप्रत्यक्षरुपमा यो संख्या धेरै छ । लामो समयदेखि ब्यूटिपार्लरमा ताला लाग्दा धेरै जना बेरोजगार बनेका छन् । त्यसैलाई मध्यनजर गर्दै सौन्र्दकला व्यवसायी संघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघको समन्वयमा बाँकेका प्र्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंलाई भेटेको अध्यक्ष दुर्गा अधिकारीले बताइन ।

उनका अनुसार स्वास्थ्य प्रोटोकलको पूर्णरुपमा पालना गरी ब्यूटिपार्लर सन्चालन गर्न दिन माग गरिएको छ । प्रमुख जिल्ला अधिकारीले यस विषयमा माथिल्लो निकायसंग समन्वय गरिने आवश्यक निर्णय गर्ने जनाएका छन् ।

प्रकाशित मितिः     7:03:00 PM  |