नेपालगन्ज १६ भदौ : बर्दियाको बारबर्दिया नगरपालिकाले सिंचाईको सुविधा नभएको वडा नं. १ को १३ विघा जग्गा बृहद बेसार खेतीका लागि उपयोग गरेको छ ।
स्थानीय एक सहकारीमा कृषकलाई आवद्ध बनाएर बेसार खेती शुरु गरिएको हो । त्यहाँ उत्पादन भएको हल्दी(काँचो) प्रशोधनका लागि चाँडै उद्योग खोल्ने तयारी भइरहेको नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले जानकारी दिए ।
बेसार खेती अनुगमनपछि उनले भने,–‘सिंचाईको अभावमा धान जस्ता बाली नहुँने ठाउँमा अहिले बेसार लगाइएको छ ।
खेती प्रभावकारी भएको देख्दा खुसी लाग्यो ।’ बेसार खेतीको पकेट क्षेत्र ने बनाइएको छ ।
कृषकले उत्पादन गरेको बेसारको प्रशोधनका लागि असोजभित्र प्रशोधन उद्योग खोल्ने गरी तयारी समेत भइरहेको छ । उद्योग सन्चालनका बेस नामक संस्थाको समेत सहयोग रहने छ ।
‘उत्पादनदेखि विक्रीसम्मको काम सहकारीले गर्नेछ । नगरपालिकाले आवश्यक समन्वय गर्ने छ ।’–नगर प्रमुख थारुले भने,–‘कृषकले बढि भन्दा बढि फाईदा लिन सक्छन् भन्ने बिश्वास लिएका छौं ।’