टेक्नो ब्रान्डको नँया मोडेल नेपालगन्जको बजारमा


नेपालगञ्ज । सूचना प्रविधिको विकासले पछिल्लो समय अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विश्व ब्यापिकरणसँगै नेपालमा पनि विभिन्न मोबाइल फोन कम्पनीले बजार विस्तार गरिरहेका छन् ।

यसै सिलसिलामा नेपाली बजारमा करिब साढे तीन वर्षअघि मात्र प्रवेश गरेको टेक्नो (Tecno) ब्रान्डको स्मार्टफोनले छोटो समयमै उल्लेख्य बजार विस्तार गरेको कम्पनीले दाबी गरेको छ । नेपालमा आधिकारिक बिक्रेता महालक्ष्मी मोबाईल्स प्रा. लि. रहेको प्रालिका महाप्रबन्धक सन्तोष भण्डारीले बताए । विश्वव्यापी कोरोना कहरका बीच आफ्ना ग्राहकको चाहनालाई ध्यानमा राखी टेक्नो मोबाईलले आफ्ना २ वटा नयाँ मोडेल स्मार्ट फोन बजारमा ल्याउने तयारी गरेको छ ।

‘सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगेको बेलामा प्रबिधिको दुनियालाई हेर्दा हाम्रो ब्रान्डले पनि राम्रो स्थान पाएको छ ।’-प्रबन्धक भण्डारीले भने ‘अव आउने २ वटा नँया मोडेलहरु KD7 र CD8 को पनि बजार माग राम्रो हुनेछ ।’ कम्पनिले एक पछि अर्को गर्दै बिभिन्न नयाँ तथा आकर्षक फिचरहरुको साथमा अन्य मोडलहरु नेपाली बजारमा क्रमश ल्याउने तयारी गरेको उनले बताए । Tecno मोबाइल ब्रान्ड १०० दिनको replacement ग्यारेन्टिको साथमा १३ महिना वारेन्टि रहेको छ । यो ब्रान्डमा ग्राहकले रोजेको र खोजेको अनुसार पाउने र सर्भिस तथा पार्टसहरु सहजै पाउने कम्पनिले बताएको छ ।

साथै नेपालका बिभिन्न शहरहरुमा टेक्नो ब्राण्डले केडी सेभेन र सिडि एट नयाँ मोडलको स्मार्टफोन लञ्च गरेको छ । यसै क्रममा बाँकेको नेपालगंजमा पनि बुधबार मात्रै उक्त फेन सार्वजनिक गरी बजारमा ल्याएको प्रालीका सेल्स म्यानेजर मणिष कुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार केडि सेभेनमा ४ जिबि र्याम र ६४ जिबि रोम रहेको छ ।

सिडि एटमा ६ जिबि र्याम र १२८ जिबि रोम उपलब्ध रहेको छ । जसको बजार मूल्य केडि सेभेनको १५ हजार ९ सय ९९ र सिडि एटकोे २५ हजार ४ सय ९९ रहेको छ । टेक्नो ब्राण्डका यसअघिका स्मार्ट फोन प्रयोगकर्ताको रोजाइमा परेकाले विभिन्न सुविधासहित ल्याएको नयाँ स्मार्टफोन पनि रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

‘यतिधेरै विशेषता भएको स्मार्ट फोन बलियो र गुणस्तरीय स्मार्टफोन भएकाले प्रयोगकर्तालाई ढुक्क हुन आग्रह गर्दछु ।’-सेल्स म्यानेजर गुप्ताले भने । नेपालगंजमा बिक्रि सुरु गरीएको टेक्नो ब्राण्डको बाँकेका लागि आधिकारिक बिक्रेता ओ एन्ड के ट्रेडर्स रहेको छ । ट्रेडसका प्रोपाइटर तारा केसर खत्रिले टेक्नो ब्राण्डका नयाँ स्मार्टफोनमा प्रयोगकर्ताको रोजाइ अनुसार विभिन्न फिचर उपलब्ध रहेको बताए । नेपालगंजको ओ एन्ड के ट्रेडर्सले टेक्नोसँगै आइटेलको पनि बाँके जिल्लामा आधिकारिक रुपमा बिक्रेताको रुपमा काम गरीरहेको छ । आइटेल मोबाइलको नँया स्मार्ट फोन भिजन १ पनि सार्वजनिक गरी बजारमा ल्याएको छ ।

प्रकाशित मितिः     १७ भाद्र २०७७, बुधबार १६:१५  |