चोरी र अवैध गाडी समात्न सक्रिय बाँके प्रहरी


नेपालगन्ज १८ भदौ :  बाँके प्रहरीले चोरी र अवैध गाडी नियन्त्रण अभियान शुरु गरेको छ । भारतसंग जोडिएको नाका भएका कारण जिल्लामा चोरी र अवैध गाडी सन्चालन सामान्य बन्दै आएको छ ।

प्रहरीले त्यस्ता सवारीसाधन बरामद गर्न अप्रेशन नै शुरु गरेको छ । बाँकेका प्रहरी प्रमुख ओम रानाका अनुसार, त्यसका सवारीसाधन बरामद गर्न र सन्चालन गर्नेलाई पक्राउ गर्न लागिपरेको बताए ।

त्यस्ता साधन सन्चालन गर्नेले अब उन्मुक्ति नपाउने एसपी रानाले जानकारी दिएका छन् । भारतबाट ल्याइएका अवैध सवारी साधन नेपालगन्ज हुँदै पहाडी जिल्लासम्ममा विक्री वितरण हुँदै आएका छन् । प्रहरीको कम पहुँच हुने ठाउँमा यस्ता सवारीसाधन सहजै विक्री वितरण हुने गरेको पाइन्छ ।


 

प्रकाशित मितिः     11:19:20 AM  |