कपुरकोट तरकारी बजार पनि बन्द रहने, व्यवसायीलाई गाउँ गएर तरकारी ल्याउन रोक


नेपालगन्ज १८ भदौ :  एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सल्यानको कपुरकोट गाउँपालिकाले एक हप्ताका लागि बजार सिल गर्ने निर्णय गरेको छ ।

पश्चिमकै प्रमुख तरकारी उत्पादन तथा विक्री केन्द्रका रुपमा रहेको कपुरकोटमा बिहिवार बसेको सरोकारवाला निकायको बैठकले आज राती दशबजेदेखि लागु हुने गरी भदौ २५ गते राती १० बजेसम्म वडा नं. ३ वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्र सिल गरिएको हो ।
कपुरकोटमा सन्चालन हुने तरकारी बजार पनि पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

तरकारी खरिदका लागि व्यवसायीलाई गाउँमा जान रोक लगाइएको छ भने कृषकले भने आफ्नै बारीमा तरकारी लोड गर्न सक्ने छन् । कपुरकोटको तरकारी नेपालगन्जसम्म आउने गर्छ । भारतबाट तरकारी आउन नपाएको अवस्थामा अहिले कपुरकोटको तरकारीले बजार लिएको छ ।

 

प्रकाशित मितिः     १८ भाद्र २०७७, बिहीबार १४:३०  |