व्यवसाय सम्हालेका ‘गोविन्दशरण महाराज’, टेन्टदेखि मट्टका खीरसम्म


नेपालगन्ज १८ भदौ :  कोहलपुर–८ का गोविन्दशरण महाराज धार्मिक प्रवचनमा अब्बल मानिन्छन् । प्रवचनबाट संयौलाई अध्यात्मको ज्ञान बढ्दै हिड्ने महाराजको अर्को परिचय हो, एउटा सफल व्यवसायी । उनले अध्यात्मसंगै सफल व्यवसायीका रुपमा आफुलाई स्थापित गर्न सकेका छन् ।

महाराजले टेन्ट हाउस सन्चालन गर्दै आएका थिए । महाराजा टेन्ट पण्डाल थाहा नपाउने कमै होलान् सायद । धेरै चिनिएको टेन्ट हाउस हो ।
लकडाउनका बीच महाराजले नयाँ व्यवसायीक आईडिया निकाले । मट्का खिर र मट्का चिया, रावडी जस्ता दूधबाट बनेका परिकारको स्वाद चखाइरहेका छन् । महाराजका अनुसार, अध्यात्मलाई जीवन जिउने अर्थात मनको शान्ती हो भने व्यवसायमा जीवन निर्वाह गर्ने माध्यम हो ।


कोहलपुरमै पहिलो पटक टेन्ट पण्डाल सुरु गरेका महाराजले नेपालमै पहिलो पटक मट्का खीरको स्वाद पस्किएको बताए । २२ तत्वको मिश्रणबाट तयार पारीने मट्का खीरले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत मिल्ने महाराजाको भनाई छ । विशेष तरीकाले पकाईएको खिरलाई माटोको भाँडोमा राखेर खान दिईने भएकाले यसलाई मट्का खिर भनिएको हो ।

आफ्नो २० वर्षको अनुभव सहित नेपालमै पहिलो पटक २० औँ प्रकारका पौष्टिक मसलाको प्रयोग गरी स्पेशल, मारवाडी, चिसो, तातो र केशरयुक्त मट्का खीर तयार गरीने भएकाले सर्तप्रतिशत रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्षम रहेको महाराजको दाबी छ । मटका खिरको स्वाद लिनका लागी नेपालगञ्ज तथा कोहलपुर क्षेत्रबाट सेवाग्राही पुग्ने गर्छन ।

प्रकाशित मितिः     1:54:15 PM  |