भाटभटेनीले नेपालगन्जबाट पनि खसीको मासु बेच्ने


नेपालगन्ज १८ भदौ :  भाटभटेनी सुपरमार्केटले नेपालगन्जमा पनि खसीको मासु विक्री गर्ने भएको छ । हाल काठमाण्डौंको शाखामा मासु विक्री गरिरहेकोमा अब सबै शाखाबाट मासु विक्री वितरण गर्ने लक्ष्य राखेको भाटभटेनीले जनाएको छ ।

लकडाउनका कारण नेपागन्जमा चाँडै मासु विक्री गर्ने योजना प्रभावित बनाए पनि चाँडेै शुरु हुने जनाइएको छ । बाँके, बर्दियाका कृषकले उत्पादन गरेका कृषी उत्पादन खरिद गर्दै आएको छ । उसले सामान बेच्ने मात्र होइन यहाँका कृषकले उत्पादन गरेका तरकारी र खसी खरिद गरिरहेको छ ।

गत फागुन महिनादेखि भाटभटेनी सुपरमार्केट नेपालगन्जमा सन्चालनमा छ । उसले उचित मूल्य दिएर कृषकबाट खरिद गरेको तरकारी एवं खसी काठमाण्डौमा लगेर विक्री गर्न शुरु गरेको हो । तरकारी भने नेपालगन्जमै खपत हुने गरेको छ । भाटभटेनीले अन्य सप्लार्य भन्दा ठिकै मूल्य दिएको र पैसा तत्कालै दिने गरेको कृषकहरुले जानकारी दिएका छन् ।

बाँके, बर्दिया लगायत पश्चिमका बिभिन्न जिल्लाका कृषी उत्पादन कृषकको बारीमै पुगेर खरिद गरिरहेको छ । त्यहाँबाट खरिद गरेको कृषि उत्पादन नेपालगन्जदेखि काठमाण्डौसम्म विक्री भइरहेका छन् । भाटभटेनीका अध्यक्ष मिन गुरुङ आफैले यहाँको कृषी उत्पाद खरिद गरी स्थानीय कृषकलाई प्रोत्साहित गर्ने नीति लिएका छन् ।

बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने काठमाण्डौमा प्रतिकेजी ८ सय ५० रुपैयाँमै बिक्री गर्न थालेका छन् । त्यो खसीको मासु बाँके र बर्दियाबाटै लगिएको हो ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए ।

भाटभटेनीले बजार मूल्यभन्दा ४ सय ५० रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गरिरहेको छ ।

गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको छ । भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको जानकारी दिए ।

बजारमा खसीको मासु बिचौलियाका कारण महंगो भएको भन्दै गुरुङले नेपालगञ्जबाट ल्याएर भए पनि सस्तो मूल्यमा बिक्री गर्न शुरु गरेको बताए । उनका अनुसार भाटभेटनीका सबै स्टोरबाट ८ सय ५० रुपैयाँ केजी मै खसीको मासु किन्न पाइन्छ ।

प्रकाशित मितिः     १८ भाद्र २०७७, बिहीबार १७:३२  |