अर्थमन्त्री खतिवडाले दिए राजिनामा,भने-‘कार्यकाल सफल बनाउन सहयोग गर्नुभएकोमा धन्यवाद’


काठमाडौं। पछिल्लो समय मन्त्री बनेको ६ महिनाको अवधि पूरा भएपछि अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन्। खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएको खतिवडाको सचिवालयले जानकारी दिएको छ।

वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्री खतिवडा आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिएका छन्। मन्त्रिपरिषद् बैठकपछि खतिवडा अर्थमन्त्रालय पुगेका थिए।


मन्त्रालयको विदाई कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल,अर्थसचिव शिशिर ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, गभर्नर महाप्रसाद अधिकारी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सहसचिव लगायतको उपस्थिती थियो।

अर्थबाट बिदा भएपछि खतिवडा सञ्चार मन्त्रालय पुगेका थिए। बिहिबारको नेकपाको सचिवालय बैठकबाट उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेसँगै उनको अर्थमन्त्रीको कार्यकालमा ब्रेक लागेको थियो। प्रधानमन्त्री केपीशर्मा ओलीले खतिवडालाईनै अर्थमन्त्रीमा दोहोर्‍याउन चाहेका थिए।

प्रकाशित मितिः     6:13:07 PM  |