सरकारले मान्यता दिए पनि निजी ल्याबबाट कोरोना परीक्षण गरेकालाई वीमा नदिन सर्कुलर


काठमाडौं । निजी ल्यावमा कोरोना परीक्षण गराई पोजेटिभ देखिए बीमा कम्पनीहरुले दावी भुक्तानी नगर्ने भएका छन ।

पछिल्लो समय खुलेका निजी ल्यावहरुले बदमासी गरेर नेगेटिभ देखिएका बिरामीहरुलाई पनि पोजेटिभ भएको भन्दै रिपोर्ट बुझाएर भुक्तानी दाबी गरेको पाइएको भन्दै बीमा समितिले अंकुश लगाएको हो ।

समितिले निजी ल्यावमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा भुक्तानी नगर्न बीमा कम्पनीहरुलाई सर्कुल जारी गरेको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा भुक्तानीका लागि निजी ल्यावहरुले मिलेमतो गरी पोजेटिभ रिर्पोट बनाएर फर्जि काम गरेको फेला परेपछि दावी भुक्तानीमा कडाई गरिएको बताए ।

प्रकाशित मितिः     १९ भाद्र २०७७, शुक्रबार १९:०७  |