काठमाडौं । सम्झौताअनुसार रासायनिक मल ल्याउन नसकेपछि ठेकेदार शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का रद्द भएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडले दुबै कम्पनीले राखेको १० करोड रुपैयाँ धरौटी पनि जफत गरेको छ । मल नल्याउने ठेकेदार शैलुङ र होनिकोको ठेक्का रद्द गरी धरौटी समेत जफत गरिएको कृषि विकासमन्त्री घनश्याम भूसालले बताए ।
मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री मुसालले मल ल्याउन नयाँ प्रक्रिया सुरु गर्ने जानकारी दिए । शैलुङका सञ्चालक नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी हुन ।
सम्झौताअनुसार मल ल्याउन प्रतितपत्र ९एलसी० खोलेको ११७ दिनभित्र भित्र अर्थात भदौ २० गतेसम्म मल नेपालमा आइसक्नु पर्ने थियो । उनीहरुले ल्याउन सकेनन ।
मल आपूर्ति गर्ने बेलासम्म पनि ठेकेदार कम्पनीले मल ‘बुक’ गरेको वा चलान गरेको छ कि छैन भन्ने जवाफ समेत दिएको छैन् । पटक–पटक कृषि सामग्री कम्पनीले स्पष्टीकरण सोधे पनि आपूर्तिकर्ता कम्पनीले जवाफ नदिएपछि अन्तमा वाध्य भएर ठेक्का रद्ध गरेको मन्त्रालयले जनाएको छ ।