‘बिरामी हौँला भन्ने हामीलाई पनि डर हुन्छ, बसिखान कसलाई मन हुँदैन ?’


  • टेकराज थामी( नयाँ पत्रिकाबाट)

सामाजिक सञ्जालमा छाइरहेकी यी महिलालाई हामीले किन पछ्यायौँ ? किन उनको आवाज यति महत्वपूर्ण छ रु किनकि, यो देशका तीन करोड जनसंख्यामध्ये दुई करोड आठ लाख मान्छे काम गर्ने उमेरका छन् । तर, तीमध्ये ६० प्रतिशत अर्थात् एक करोड २३ लाखले गरेको काम रोजगारीको परिभाषामै पर्दैनन् ।

उनीहरूले काम गर्छन्, तर उनीहरूको उत्पादन बजारमा बिक्री हुँदैन । उनीहरूले तलब पनि पाउँदैनन् । रोजगारी गर्ने भनिएका ८० लाखमध्ये ५७ लाख अनौपचारिक क्षेत्रमा छन् । जसको नियमित तलब आउँदैन । महामारीले उनीहरूको जीवनमा आर्थिक विपत्ति ल्याएको छ । उनीहरूका लागि सरकारले आर्थिक प्याकेज ल्याउनुपर्ने हो, तर यति लामो लकडाउनमा कतिले रोजगारी गुमाए भन्ने तथ्यांकसमेत सरकारले संकलन गरेको छैन ।

अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ०का अनुसार निर्माण, उत्पादन तथा व्यापारजस्ता कोभिडबाट अत्यन्तै प्रभावित क्षेत्रमा ३७ लाख मजदुर छन् । तीमध्ये १५ देखि २० लाखले रोजगारी गुमाएको वा आंशिक रूपमा आम्दानी गुमाएको आइएलओको भनाइ छ । त्यसमध्ये १३ लाख पुरुष तथा ६ लाख ३१ हजार महिलाको रोजगारी संकटमा परेको छ । तीमध्ये एक हुन् सरस्वती मैनाली ।

काभ्रे नमोबुद्ध–६ कानपुरकी ३९ वर्षीय सरस्वती ९सुभद्रा० सात वर्षदेखि चाबहिलस्थित गोपीकृष्ण हल आसपास ठेलागाडामा तरकारी बेच्छिन् । चाबहिलको गल्लीभित्र एउटा साँघुरो कोठामा उनको परिवार बस्छ । बिहान–बेलुकाको छाक टार्न, कोठा बहाल तिर्न र औषधि खान उनीसँग अर्को विकल्प छैन । तरकारीले भरिएको ठेलगाडा लिएर उनी टोलका गल्ली–गल्ली डुल्छिन् । ठेलागाडा कहिले ठेल्छिन्, कहिले अगाडिबाट तान्छिन् ।

११ चैतमा लकडाउन सुरु भयो । केही साता उनी पनि डराएर घर बसिन् । भएको दुई–चार हजारले छाक पनि टरिरहेको थियो । तर, भएको पैसा सकिएपछि आपत् आइलाग्यो । श्रीमान्लाई मूच्र्छित हुने समस्या छ, उनी औषधि खाइरहेका छन् । बरु श्रीमान्लाई उपचारका लागि अस्पताल लैजानुपर्छ । छोरी पनि सानै उमेरमा दीर्घरोगी छिन् । एक छोरा बालक नै छन् । यस्तो परिवारको जिम्मेवारी लिएकी सरस्वती आफैँ मिर्गौलाको बिरामी हुन् । उपचारमा मात्रै महिनामा पाँच हजार रुपैयाँ आवश्यक पर्ने । यी सब कसरी धान्ने रु

‘धनीमानीका लागि अहिले कोरोना महामारी आयो, हामीजस्ता गरिबका लागि त सधैँ महामारी छ,’ सरस्वतीको वाणी सुनिन्छ, ‘सरकारले घरभित्र बस्न भन्यो, ठीकै छ, तर चुलो कसरी बाल्ने, औषधि कसरी खाने रु बाँच्ने कसरी भनेर भनिदिने कोही आएन ।’

सरकारले घरभित्र बस्न भनेको थियो, घरभित्रको परिस्थितिले भने उनलाई ढोकाबाट बाहिर धकेल्यो । वैशाख महिनाको पहिलो साता । अपराह्न ४ बजे आसपास । उनले पार्क गरिएको गाडा झिकिन् । जसोतसो हरियो साग जम्मा गरेर गाडामा राखिन् । गाडा ठेल्दै चाबहिल चोकतर्फ लागिन् ।

मिर्गौलाको समस्याले बिहानैदेखि कोखो दुख्दै थियो । पीडा कम गर्न बिहानै तीनवटा बु्रफिन खाइसकेकी थिइन् । गाडा मूल सडकमा मात्रै के उक्लिँदै थियो, कोखा झन् दुख्न थाल्यो । गाडा साइड लगाएर नजिकैको मेडिकल पुगिन् । ब्रुफिन किनिन् । खोलेर खान मात्रै के लागेकी थिइन्, प्रहरीको भ्यान गाडा सामुन्ने रोकियो । भ्यानबाट एक महिला प्रहरी झरिन् । एक लात के हानेकी थिइन्, गाडा फर्लक्क पल्टियो । ‘साग सडकमा असरल्ल खनियो । सडकमा पोखिएका ढक–तराजु प्रहरीले उठाउन थाले,’ सरस्वती भन्छिन्, ‘ढक–तराजु उठाउन थाले । दया पो पलाएछ कि भनेर सोचेँ । तर होइन रहेछ, ढक–तराजु भ्यानमा हाले । जफत पो गरेका रहेछन् ।’

औषधि फालेर सडकमा झरिन् । ढक–तराजु तान्न थालिन् । प्रहरीसँग तानातान भयो । तर, बलिया प्रहरीसँग निर्धो बिरामीको केही लागेन । प्रहरीले ठेल्दा उनी हुर्रिएर आफ्नै गाडामा परिन् । उनी भन्छिन्, ‘मलाई चोट लाग्यो, रगत आयो । यस्तो दुख्यो कि मेरो पिसाब पनि चुहियो ।’ रन्थनिएकी उनलाई त्यही अवस्थामा छाडेर प्रहरीको गाडी हुइँकियो । ‘कत्रा–कत्रा भ्रष्टाचार गरेका छन् । लुकेर सुनको कारोबार गर्छन् भन्ने सुनिन्छ । तिनलाई छुट छ । तर, तरकारीको कारोबार गर्ने गरिबको ढक–तराजु जफत गरेर बहादुरी ग¥यो भन्ने ठान्यो,’ सरस्वतीले आक्रोश पोखिन् ।

त्यो आक्रोश कसैले भिडियोमा रेकर्ड गरेको थियो । जसमा सरस्वतीले भनेकी थिइन्, ‘बिरामी हौँला भन्ने हामीलाई पनि डर हुन्छ, बसिखान कसलाई मन हुँदैन रु तर, दिनदिनै ब्रुफिन र निम्स खाएर हिँडिरहेकी छु, दुःख नपाएको भए गाडा डो¥याएर को हिँड्थ्यो रु’ उनको घटना वैशाख महिनाको हो । तर, अहिले आएर फेरि किन सामाजिक सञ्जालमा सञ्चार भइरहेको छ रु किनकि पीडा जस्ताको त्यस्तै छ । सरकारले निषेधाज्ञाका नाममा घरमा बस्न भनेको छ, बस्न नमान्नेमाथि बल प्रयोग भएको छ । तर, घरभित्र के खाने रु जवाफ छैन ।

हुन त सरस्वतीका श्रीमान् गाडीचालक हुन् । उनीहरूको आफ्नै ट्र्याक्टर थियो । ट्र्याक्टर लिएर श्रीमान् विभिन्न ठाउँ पुग्थे । सरस्वती परिवारसहित काभ्रेको कानपुरमै बस्थिन् । सबै ठीकै थियो । ०५१ मा काभ्रेको कात्तिके देउरालीमै गाडी दुर्घटना भयो । चालक श्रीमान्को टाउकोमा गम्भीर चोट लाग्यो । शिक्षण अस्पतालको शय्यामा उनी करिब ६ महिना अचेत थिए । उपचारमा सम्पत्ति सकियो । श्रीमान् घर फर्किए, तर उनको स्वास्थ्य अवस्था फर्किएन । टाउकोको चोटले उनी साता दिन बिराएर मूच्र्छा पर्छन् ।

श्रीमान् काम गर्न नसक्ने भए, ऋण पनि धेरै भयो । अस्पताल पनि धाइराख्नुपर्ने । ‘त्यसैले श्रीमान् लिएर काठमाडौंमा आएँ, ज्याला–मजदुरी थालेँ, पछि रामहिटीस्थित कैलाश स्कुलमा सरसफाइको काम गर्न थालेँ । तर, त्यो कमाइले श्रीमान्को उपचार र घरखर्च धान्न सकिएन,’ उनी सम्झिन्छिन्, ‘धुम्बाराहीका एक महाजनले महिनाको सात हजार रुपैयाँ दिने सर्तमा काम र वास दुवैको व्यवस्था गर्ने वचन दिए । दुई वर्षसम्म महाजनको घरमा सेवा गरेँ, तर तलब पाइनँ ।’

स्नायुको प्रणाली कमजोर श्रीमान् यसै पनि औषधि खाइरहेका थिए । त्यसमाथि साहुले बन्दुकको कुन्दाले हान्ने र तर्साउने गर्दा श्रीमान्को अवस्था झन् कमजोर हुन थालेको उनी बताउँछिन् । त्यसैले महाजनको पर्खाल नाघेर उनी परिवारसहित सडकमा आइन् । बिहान–बेलुकाको छाक टार्न सडककिनारामा मकै पोलेर बेच्न थालिन् ।

मकै पोलेर बेच्नभन्दा तरकारी बेच्दा दुई पैसा बढी कमाइ हुन्छ कि भनेर उनी नयाँ बाटोमा लागिन् । ऋण गरेर गाडा किनिन्, टोल–टोल र गल्ली–गल्ली गएर तरकारी बेच्न थालिन् ।

प्रत्येक दिन बिहान ३ बजे उठ्छिन्, मूलपानी पुग्छिन् । किसानसँग तरकारी खरिद गर्छिन् । बोकेरै चाबहिल ल्याइपु¥याउँछिन्, गाडामा राख्छिन् । अनि तरकारी आयो, तरकारी आयो भन्दै घर–घर चहार्छिन् । सात वर्षयता सरस्वतीको दैनिकी यही हो ।


उकालो–ओरालोमा गाडा ठेल्दा साह्रै गाह्रो हुन्छ । बल गर्दा पिसाब चुहिन्छ । कोखा दुखेर रन्थनिने गराउँछ । तर, निम्स र ब्रुफिनको सहाराले उनी सडकमा आइरहेकी छिन् । उनी भन्छिन्, ‘दिनमा ६ ट्याब्लेटसम्म निम्स र ब्रुफिन खान्छु ।’ यो त धेरै भएन र रु ‘धेरै हो नि, डाक्टरले यो औषधि यति धेरै खानुहुन्न भन्छन्, तर मेडिकलमा आफैँ जान्छु, किनेर खान्छु र काममा जान्छु । ज्यान दुख्यो भनेर घरमा बस्ने सुविधा छ र मलाई रु’ उनी प्रश्न गर्छिन् ।

उनको स्तनमा पनि संक्रमण छ । ‘घरिघरि पिप आउँछ । गिर्खा पनि छ । त्यो के हो जाँच गर्न २० हजार लाग्छ भनेका छन्, अहिले पैसा छैन । भोलिपर्सि पैसा भयो भने जाँच गराउनुपर्ला भनेकी छु । तर, एकपछि अर्को दुःखले छाडेको छैन,’ उनले भनिन् ।

दुःखले जोहो गरेको पैसामा ऋण गरेर उनले भ्यान पनि किनेकी छिन् । महिनाको १९ हजार किस्ता छ, अझै ६ लाख रुपैयाँ तिर्न बाँकी छ । श्रीमान् पनि गाडीमै तरकारी बेच्छन् । ‘पटक–पटक मूच्र्छा पर्ने हुनाले कहाँ कतिवेला के हुने हो भन्ने डर छ, तर के गर्ने रु गाडीको किस्ता तिर्नैप¥यो,’ उनी भन्छिन् ।

चाबहिलस्थित चलचित्र विकास बोर्डनजिकै उनको डेरा छ । डेराको भाडा सात हजार छ । डेरामा श्रीमान्, एक छोरी र एक छोरासहित सरस्वती बस्छिन् । छोरी पनि दीर्घरोगबाट प्रभावित छिन् । उनको पनि उपचार भइरहेको छ । तर, घरेलु काम गरेर उनले आमालाई भने सघाइरहेकी छिन् ।

सामाजिक सञ्जालमा ‘भाइरल’ हुनु यी महिलाको रहर होइन । उनको यो भिडियोले देशका सबै विपन्नको आवाज र अवस्था प्रतिनिधित्व गरेको छ । त्यसैले उनको वास्तविक कथा बुझ्न हामीले उनलाई खोज्यौँ र पछ्यायौँ । सामाजिक सञ्जालमा आएकी यी महिला चाबहिलतिर भने परिचित रहिछिन् ।

हामी गोपीकृष्ण हलअगाडि पुगेर सोध्दा मान्छेहरूले ओम अस्पतालतर्पm बताए । ओम अस्पताल पुग्दा हलतिरै पठाए । फेरि हल पुग्दा तरकारीको होलसेल पसलतर्फ देखाए । होलसेल पसलमा सोध्दा फेरि सुकुम्बासी टोलतर्फ संकेत गरे । एकैठाउँमा करिब डेढ घन्टा घुमेपछि हामी चलचित्र विकास बोर्ड सामुन्नेको गल्लीतर्फ अघि बढ्दै थियौँ । पर कुनामा साग भरिएको गाडा देखियो । गाडा गुडाउँदै थिइन् एक महिला, तर मास्क लगाएकी । मोबाइलको दृृश्यसँग उनलाई टाढैबाट दाँज्यौँ । पक्का उनै हुन् भन्ने भए पनि उनलाई नियाल्न थाल्यौँ ।

गाडामा हरियो साग, तितेकरेला, घिरौला र नास्पासी । हामीले तस्बिर खिचिरहेका थियौँ । सडकको पल्लो कुनाबाट साइरन बजाउँदै प्रहरी भ्यान आयो । गाडाको अगाडि टक्क रोकियो । भ्यानमा रहेका सुरक्षाकर्मीले लौरो देखाउँदै महिलालाई आदेश दिए– व्यापार बन्द गर । कक्रक्क पर्दै उनले गाडा उचालिन् । मोडेर अर्को कुनातर्फ हुलिन् ।

साइरन बजाउँदै ‘सरकार’ आउने र गरिखानेलाई तर्साउने–धपाउने क्रम जारी छ, तर देशमा महामारी छ । महामारीको कानुन जनताले मान्नुपर्छ । तर, महामारीका वेला कानुन सम्झने सरकारले जनताप्रतिको दायित्व सम्झनुपर्दैन रु जनतासँग प्रश्न छ, सरकारसँग जवाफ छैन ।

निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ठेलामा तरकारी तथा फलफूल बेच्ने व्यापारीलाई हातपात गरेको छ । जिल्ला प्रहरी कार्यालय, धनुषा र जानकी प्रहरी चौकीको संयुक्त टोलीले शनिबार साँझ ५ बजे जानकीचोक, महावीरचोक, जनकचोक, पेठिया बजारलगायतका स्थानमा ठेलामा तरकारी तथा फलफूल राखेर बेच्ने व्यापारीलाई कुटपिट गरी सामान नै फालेको छ ।

प्रहरीले जानकीचोकमा ठेलामा तरकारी बेच्ने जनकपुरधाम उपमहानगरपालिका– १० का बैजु साहलाई कुटपिट गरेको छ । ‘मोटरसाइकलमा आएका दुईजना प्रहरीले केही नभन्दै गुन्डाशैलीमा धमाधम तरकारी फाल्न थाले । प्रतिवाद गर्दा बढी बोल्छौ, जिल्लामा लगेर थुन्दिन्छौँ, निषेधाज्ञाको समयमा तरकारी बेच्छौ र उल्टै प्रहरीसँग मुख लगाउँछौ भनेर हप्काए,’ बैजुले भने ।

जानकीचोकका अन्य व्यापारीको पनि तरकारी र फलफूल फालेका हुन् । ‘हामीलाई पनि थाहा छ, कोरोनाको कारण सरकारले निषेधाज्ञा लगाएको छ । तर, के गर्ने लामो समयदेखि निषेधाज्ञा भएपछि घरखर्च पनि चलाउन थोरबहुत काम त गर्नुप¥यो,’ उनले भने, ‘घरपरिवारको गुजारा, बालबच्चाको पालनपोषण, भरभाडा यी सब कहाँबाट आउँछ, आखिर सबै त आफैँले नै गर्ने हो । सरकारको त कुनै भरोसा छैन ।’

लकडाउनमा श्रीमान्को जागिर गुमेपछि घरव्यवहार चलाउन महावीरचोकमा तरकारी बेच्दै आएकी जनकपुर– ४ शान्तिनगरकी शैलोदेवी मण्डलको पनि प्रहरीले तरकारी फालेको छ । प्रहरीले तरकारी फालेपछि रुँदै पीडा पोखेको भिडियो भाइरले भएको छ । ‘प्रहरीले व्यापारीलाई सम्झाइबुझाई गरी पसल बन्द गराउने हो कि एक्कासि आएर खुट्टाले जे पायो त्यही फ्याँकिदिने काम हो रु यस्तोमा प्रहरी र गुन्डामा के फरक रह्यो रु कोरोनाको डर कसलाई छैन रु तर, कोरोनाभन्दा भोकले मर्ने अवस्था आइसक्यो । त्यस्तोमा बाध्य भएर दुई–चार पैसाका लागि तरकारी बेच्नुप¥या छ, त्यसमा पनि प्रहरीले गाली–बेइज्जत र सामान फालिदिन्छ,’ भिडियोमा उनले आक्रोश पोखेकी छिन्, ‘गरिब मान्छे कसरी गुजारा गर्छन् रु नेताहरू, मन्त्रीहरू आफ्नो बालबच्चाका लागि मात्रै सोच्छन् । गरिब जनताबारे कसले सोच्ने रु पुलिस पनि त्यही नेताहरूको कुरा सुन्छन्, जनताको समस्या बुझ्दैनन् ।’

प्रहरीले बजारमा मात्रै होइन, बस्ती भएका क्षेत्रमा पनि घरमै गएर सर्वसाधारणलाई कुटपिट गर्ने गरेको भिडियो पनि सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानरपालिका– ५ र ६ मा पर्ने रहिमपथमा जानकी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घरमै गएर सर्वसाधारणलाई कुटपिट गर्ने गरेको छ । निषेधाज्ञाको समयमा आफ्नो घरअगाडि बाटोछेउमा बसेका सर्वसाधारणलाई लखेटर घरमै गई कुटपिट गरेका हुन् । जनकपुर– ६ बस्ने असलम खाँले भने, ‘घरका सदस्यहरू बत्ती गएका कारण घरअगाडि बाटोछेउमा बसिरहेका वेला प्रहरीले निषेधाज्ञाको समयमा किन बाहिर निस्केको भन्दै लाठी बर्साउन थाले । यहाँसम्म कि घरमै प्रवेश गरी कुटपिट गरे ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी मुकेन्द्र मिश्राले पटक–पटक सम्झाउँदा पनि नबुझ्नेमाथि कहीँकहीँ बाध्य भएर प्रहरीले लाठीचार्ज गर्नुपरेको प्रतिक्रिया दिए । ‘निषेधाज्ञामा लाठी मात्र होइन, गोली चलाउने पनि आदेश हुन्छ, निषेधाज्ञा प्रहरीले लगाउने होइन, यो त सरकारले लगाएको हो, पालन गराउने काम हाम्रो हो, त्यसकारण जनताले पनि बुझ्नुपर्छ,’ डिएसपी मिश्राले भने, ‘निषेधाज्ञा हाम्रै सुरक्षाका लागि हो भनेर सहयोग गर्नुपर्छ, यहाँ त्यो अवस्था छैन । प्रहरी देखेपछि पसल बन्द गर्ने र प्रहरी गएलगत्तै फेरि पसल खोल्ने, यस्तोमा व्यापारीलाई तर्साउन पनि कहीँकहीँ प्रहरीले बल प्रयोग गरेको हुन सक्छ ।’

प्रकाशित मितिः     6:53:28 AM  |