पसल बेचियो, अब कहाँ जाने हो ?


नेपालगन्ज २२ असार :  लकडाउनका कारण साढे पाँच महिनासम्म नास्ता पसल बन्द रह्यो । कमाउन नेपालगन्ज आएका रामबहादुर बिष्टले यो अवधिमा दुई छोराछोरी सहित चार जनाको परिवारको जेनतेन पेट पाल्न सके ।

कमाईको बचत थियो र त चल्यो । तर अव थान्न नसकिने अवस्था भएपछि उनले गत बुधवार पसल छाड्ने निर्णय गरे । हुन त उनको पसल बेच्ने योजना थियो । थोरै पैसामा भए पनि कसैले किन्छ की भनेर ग्राहक खोज्दै डिहे ।

तर उनले जता पनि बेच्ने भेट्थे, किन्ने कोही भेटेनन् । अन्तत :  भएको सामान कोठामा राखेर घर फर्किने निधो गरेका छन् । त्यसैले उनले अहिले सामान राख्ने कोठा खोज्दै छन् । बिष्ट भन्छन्,––‘गाउँबाट पैसो कमाउन शहर पसियो । लकडाउनले पसल बन्द गरायो । अब कहाँ जाने, के गर्ने हो ?’

लकडाउनका कारण पसल नचल्दा अनिश्चित भविष्य बोकेर हिड्नेमा विष्ट जस्ता धेरै छन् । कसैले समस्या प्रकट गर्छन् त कसैले मनमै गुम्साएका छन् । तर सबैको पीडा उस्तै छन् । लकडाउनका कारण शिक्षा, पर्यटन, यातायात क्षेत्र सबैभन्दा बढि प्रभावित छ । संयौको संख्यामा रोजगारी गुमेको छ । मानिसहरु के खाने, के लगाउने भन्नेमा चिन्तित छन् । लम्बिदै गएको लकडाउनले धेरैलाई घर न घाटको बनाएको छ ।


कोरोनाका कारण बाँकेका तीस अर्व बढि लगानी रहेको बाँकेको होटल क्षेत्र धरासायी बनेको छ राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय र पर्यटकिय क्षेत्र बाँके जिल्ला भित्रमा करिव ३ देखि ४ अरब बार्षिक रुपमा राजस्व तिर्ने बाँके जिल्ला भरिका ४००० होटल तथा रेष्टुरेन्ट व्यसायहरु बन्द भएका कारण २० देखी २५ हजार भन्दा बढि कर्मचारी बेरोजगार भएको र ति सबैको परिवारको चुलो निम्ने खतरा बडिरहेको छ साथै होटल व्यवसायसंग सम्बन्धित अन्य व्यवसायी र त्यसमा रहेका जनशक्तिहरुमा प्रत्यक्ष प्रभाव परेको छ ।

बैंक तथा वित्तिय संस्थाहरु बाट २० अरब र व्यक्तिगत क्षेत्र बाट १० अर्ब भन्दा बढि लगानी रहेको बाँके जिल्ला भरका होटल तथा रेष्टरेन्ट व्यवसायहरुको सम्पूर्ण लगानी धरासायी हुने खतरा बढेको छ र एकातिर कोरोना भाईरस बाट प्रभाबित हुने विरामी को संख्या बढिरहदा सम्पूर्ण व्यवसाय तथा मजदुर लगायत सिङगो समुदाय नै उच्च जोखीममा रहेका छन् भने अर्को तिर दिनरात मेहनत गरेर व्यवसाय सञ्चालन गर्दे त्यसैबाट कमाएको पैसाले घरबहाल, मजदुर ज्याला तथा राज्यलाई तिर्नूपर्ने सम्पूर्ण कर तथा महसुलहरु तिर्ने गरेका व्यवसायहरु पुर्ण रुपमा बन्द रहेका कारण धेरै व्यवसायहरु यस क्षेत्रबाट पलायन हुन थालिसकेका छन ।

 

 

प्रकाशित मितिः     8:40:38 AM  |