प्रदेश सरकारले जमुनाह नाकामा बनायो पर्यटन सूचना केन्द्र


नेपालगन्ज २३ भदौ : जमुनाह नाकामा पर्यटन सूचना केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । प्रदेश नं. ५ उद्योग एवं पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा आर्कषक भवन सहित सूचना केन्द्र निर्माण भएको छ ।


प्रदेश सरकारको प्राथमिकता अनुसार जमुनाह नाका हुँदै प्रवेश गर्ने पर्यटकलाई पर्यटन सम्बन्धी गतिविधिका सूचना दिनका लागि पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । तर कर्मचारी व्यवस्थापनको काम भने गर्न बाँकी छ ।

प्रकाशित मितिः     11:00:24 AM  |