बाँके र बर्दियाका १३ जनामा कोरोना संक्रमण पुष्टि


बाँके र बर्दियाका १३ जनामा सोमबार कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा बाँकेका ६ जना र बर्दियाका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमा बाँकेको कोहलपुरका १, नेपालगन्जका र राप्तीसोनारीका २र२ जना तथा सुर्खेत घरभई बाँके बस्दै आएका एक जना रहेका छन ।


नयाँ संक्रमित थपिएसँगै बाँकेमा कोरोना संक्रमितको सँख्या १ हजार २५७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यसैगरी सोमबार बर्दियाको मधुवन नगरपालिकाका ६ र ठाकुरवावाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मितिः     २३ भाद्र २०७७, मंगलवार १७:४२  |
error: Content is protected !!