नेपालगन्जमा दुईवटा डेरी उद्योग सन्चालनमा रोक, अन्यलाई प्याकेजिंग नगरेका दूध नबेच्न चेतावनी


नेपालगन्ज २३ भदौ : बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले आज नेपालगन्ज उपमहानगरपालिकामा रहेका विभिन्न डेरी उद्योगहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा अन्य स्थानमा व्यवसाय संचालनको अनुमति लिई नेपालगंज उपमहानगरपालिकाको विभिन्न स्थानमा व्यवसाय संचालन गरिरहेका दुईवटा डेरी पसलको संचालनमा रोक लगाइएको छ भने एउटा डेरी उद्योगलाई दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका ( २०७५ बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्रिबितरण गर्न निर्देशन दिईएको छ ।


त्यसैगरी अनुगमनका क्रममा प्याकेजिंग नगरिएका दुध र दुग्धजन्य पदार्थको उत्पादन र बिक्रीवितरण नगर्न व्यवसायीहरुलाई निर्देशन दिईएको छ ।

आज भएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख ( कृष्ण प्रसाद पौड्याल र सोही कार्यालयका सूचना अधिकारी समेत रहनु भएका नायब सुब्बा देवीलाल चौलागाईं, जिल्ला प्रशासन कार्यालयका, प्रशासकीय अधिकृत ( हरिश्चन्द्र शर्मा, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका, निरिक्षण अधिकृत ( नेत्रा बोगटी, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत ( विमल गुरुङ, अधिवक्ता एवं उपभोक्ता संरक्षण मन्च बाँकेका, अध्यक्ष ( बसन्त गौतम लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः     २३ भाद्र २०७७, मंगलवार १७:५४  |
error: Content is protected !!