पश्चिमका सिकिस्त कोरोना संक्रमित विरामीको रेफरल सेन्टर बने बाँकेका अस्पताल


नेपालगन्ज २५ भदौ :  बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेजमा पश्चिमका सिकिस्त कोरोना संक्रमित विरामीको संख्या बढ्दै गएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशबाट गम्भीर प्रकारका संक्रमित विरामी रेफर भएर आउने गरेपछि ती बिरामीलाई बचाउन स्वास्थ्यकर्मीहरु लागिपरेका छन् ।

नेपालगन्जमा अझ प्लाज्मा थेरापीबाट उपचार शुरु भएपछि यो संख्या बढेको हो ।

तर प्लाज्मा थेरापीका लागि ब्लड दिने निको भइसकेका संक्रमितको संख्या उल्लेखिय बढ्न सकेको छैन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले पश्चिमबाट गम्भीर प्रकृतिका विरामी उपचारका लागि नेपालगन्ज आइरहेको बताउँदै प्लाज्मा थेरापीका लागि ब्लड दिन आग्रह गरेका छन् ।


प्लाज्मा थेरापीका लागि कोरोना संक्रमण भई निको भएको ब्लड प्रयोग गरिन्छ ।

भेरीमा भेन्टिलेटर सहितको सूविधा सम्पन्न कोभिड बिशेष अस्पताल सन्चालनको तयारी छ भने अहिले पनि सिकित्स बिरामीको उपचार भइरहेको छ । नेपालगन्ज मेडिकल कलेजले एक सय बेडको कोरोना डेडिकेटेड वार्ड सन्चालन गरिरहेको छ ।

पछिल्ला दिनहरुमा लक्षण भएका बिरामीहरुको संख्या बढ्दै गएका कारण कोरोना संक्रमितहरुको उपचार थप जटिल बन्दै गएको भन्दै यस्तो सुविधा थप गरिएको हो ।

यस्तो अबस्थामा समयमा उपचार नै नपाएर संक्रमित बिरामीहरुको मृत्यु हुन सक्ने अबस्था आउन नदिन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आईसियू सहितको ५० बेडको प्रि आइसोलेसन वार्ड (कोभिड-१९ का शंकास्पद बिरामीका लागी) संचालनमा ल्याइसकेको छ । अब एक सय बेडको कोरोना डेडिकेटेड वार्ड संचालन गर्न लागिएको छ । ती सबै बेडमा २४ घन्टा सहज रुपमा अक्सिजन सप्लाई उपलब्ध अस्पतालले जनाएको छ ।

 

प्रकाशित मितिः     7:20:36 AM  |