काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई अउरा नेपालमा सार्वजनिक गरेको छ । नयाँ स्टाइलिस सेडान आफ्नो सेगमेन्टमा सबैभन्दा शक्तिशाली र सुबिधायुक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीको भनाइ छ ।
नयाँ हुन्डाई अउराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल म्यानेजर रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय भइरहेका र यही समयमा बजारलाई एक स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गरेर हुन्डाईले अटोमोबाइल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्नका लागि सही कदम हुने बताए । उनले सो सेडानमार्फत हुन्डाई ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्न सक्षम हुने कुरामा आफूहरु निश्चित भएको र नयाँ हुण्डाई अउराले पनि सो लेगसीलाई जारी राख्ने र सबै ग्राहकहरूलाई आधुनिक र प्रिमियम अनुभव प्रदान गर्ने बताए ।
नयाँ हुन्डाई अउरा एक आकर्षक सेडानको निम्ति विकसित गरिएको हो ,जुन हृदयबाट जवान रहेका ग्राहकहरुको लागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाइन एक उत्कृष्ट नमुना बनेको छ जसले आधुनिक र प्रभावशाली डिजाइनको साथै हुन्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’ मा बनेको छ ।
सो गाडीको अग्रभागले युनिक ट्विन बुम¥याङ डे टाइम रनिङ लाइट ९डीआरएल० का साथै प्रिमियन सटिन फ्रन्ट ग्रिलको साथ प्रोजेक्टर फग ल्याम्प डिस्प्ले गरेको छ । साइड प्रोफाइलले यसको कुपे जस्तो स्टाइल र विलासी भोल्युमद्वारा युनिक स्पोर्टीनेस दर्साएको छ । अउराको विशिष्ट रियर डिजाइनमा वाइड स्ट्यान्स, रोबस्ट स्पोर्टी बम्पर डिजाइन स्टाइलिस जेड आकारको एलईडी टेल ल्याम्प रहेको छ । यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो (यापले यसलाई आफ्नो सेग्मेन्टको सबैभन्दा स्टाइलिस सेडान बनाएको छ ।
नयाँ हुन्डाई अउराको उत्कृष्ट ड्राइभिङ परफर्मेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ । यस गाडीले विभिन्न कुशल र उन्नत पावरट्रेनको छनोट प्रदान गर्दछ । यसको प्रमाणित १।२ लिटर कप्पा ड्युअल भीटीभीटी पेट्रोल इन्जिनले ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११।६ केजीएम टर्क जेनेरेट गर्छ ।
हुन्डाई अउरा एकीकृत रुपमा बलियो शरीर संरचनामा निर्मित रहेको ६५ प्रतिशत एड्भान्स हाई स्ट्रेन्थ स्टिल एप्लिकेसन भएको गाडी हो जसले उच्च शक्तिसँग हल्का शरीरको वजन सुनिश्चित गर्दछ । यसको संरचना उन्नत रिंग स्ट्रक्चर एप्लिकेसनका साथ सुसज्जित छ जसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ, तनावमुक्त ड्राइभिंङ र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ कम एनभीएच र सुपेरियर ह्यान्डलिङ प्रदान गर्दछ । साथै, यसमा फ्रन्ट ड्युअल एयरब्याग, ईबीडी सहितको एन्टी लक ब्रेकिङ सिष्टम ९एबीएस०, रियर पार्किङ सेन्सर र इमर्जेन्सी स्टप सिग्नल जस्ता सुरक्षा सुविधाहरू पनि उपलब्ध छन् ।
नेपाली बजारमा हुन्डाई अउरा ११९७ सीसीको एस भेरिएन्टमा मात्र उपलब्ध हुनेछ । यो विभिन्न चार कलर भेरिएन्ट फियरी रेड, टाइटन ग्रे, टाइफुन सिल्भर र पोलार ह्वाइटमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।