टिकटकबाट सेलिब्रेटी बनेका कोहलपुरका युवा व्यवसायी रमेश खनाल म्यूजिक भिडियोमा


नेपालगन्ज १६ भदौ :  कोहलपुर न्यूरोडका युवा व्यवसायी रमेश खनाललाई यतिबेला फोन उठाउँन भ्याई नभ्याई छ । टिकटकमा नृत्य हेरेर वाहीवाही गर्नेको फोन आइरहन्छन् ।

पसलमा आउने सेवाग्राहीले तपाई त राम्रोसंग नाच्नुहुँदोरहेछ नभन्ने कोही हुँदैन । साथीभाईको त कुरै छाडौ । टिकटबाट सेलिब्रेटी बनेका खनाल यतिबेला काठमाण्डौंमा छन्, म्यूजिक भिडियाको छायाँकनका लागि । अब उनको आर्कषक नृत्य म्युजिक भिडियोमा पनि देख्न पाइने छ ।

टिकटकबाट सेलिब्रेटी बनेपनि रमेश भित्र रहेको नृत्यकला उहिलेदेखिकै हो । अहिले टिकटकले उजागर गर्न मात्र मद्दत गरेको हो । खनाल भन्छन्,–‘म भित्र लुकेको नृत्यलाई उजागर गर्न टिकटक सहि सावित भयो ।’ उमेरले २३ वर्ष पुगेका खनालको नृत्य हेरेर मोहित नहुने कमै छन् । उनको नृत्य हेर्ने टिकटकमा थुप्रै छन् ।

@rameshkhanal24

नजाउ माया गाजलु लायर, पुछिदेला पसिना आयर 💞 #dance #trending #foryou #tiktoknepal #foryoupage #kohalpur_muser


♬ सोचे झै ज़िन्दगी रैनछ PRAKASH KHAREL – prakashkharel123

खनालको नृत्यको खुबी पहिलेदेखिकै हो । सानो छंदै नृत्य गर्थे । उच्च शिक्षाका लागि काठमाण्डौ पढ्दा दुई महिना नृत्य कक्षा लिएका थिए । त्यसपछि उनी कोहलपुर आए । यहाँ टिकटकमै भिडियो बनाउथे । पछिल्लो समय सोचे झै जिन्दगी रैनछ बोलको गीतको टिकटकले भने उनलाई सेलिब्रेटी नै सावित गर्यो ।

दर्शक बढ्नुका साथै म्यूजिक भिडियोमा नृत्य गर्न अफर नै आयो । खनाल भन्छन्,–‘नृत्यमा निकै मिहेनत गरेको छु, मलाई माया गर्नुभएकोमा सबैलाई धन्यवाद । आगामी दिनमा अझ राम्रो गर्ने प्रयास गर्नेछ ।’

 

प्रकाशित मितिः     9:30:43 AM  |