नेपालगन्ज १६ भदौ : कोहलपुर न्यूरोडका युवा व्यवसायी रमेश खनाललाई यतिबेला फोन उठाउँन भ्याई नभ्याई छ । टिकटकमा नृत्य हेरेर वाहीवाही गर्नेको फोन आइरहन्छन् ।
पसलमा आउने सेवाग्राहीले तपाई त राम्रोसंग नाच्नुहुँदोरहेछ नभन्ने कोही हुँदैन । साथीभाईको त कुरै छाडौ । टिकटबाट सेलिब्रेटी बनेका खनाल यतिबेला काठमाण्डौंमा छन्, म्यूजिक भिडियाको छायाँकनका लागि । अब उनको आर्कषक नृत्य म्युजिक भिडियोमा पनि देख्न पाइने छ ।
टिकटकबाट सेलिब्रेटी बनेपनि रमेश भित्र रहेको नृत्यकला उहिलेदेखिकै हो । अहिले टिकटकले उजागर गर्न मात्र मद्दत गरेको हो । खनाल भन्छन्,–‘म भित्र लुकेको नृत्यलाई उजागर गर्न टिकटक सहि सावित भयो ।’ उमेरले २३ वर्ष पुगेका खनालको नृत्य हेरेर मोहित नहुने कमै छन् । उनको नृत्य हेर्ने टिकटकमा थुप्रै छन् ।
@rameshkhanal24 नजाउ माया गाजलु लायर, पुछिदेला पसिना आयर ? #dance #trending #foryou #tiktoknepal #foryoupage #kohalpur_muser
खनालको नृत्यको खुबी पहिलेदेखिकै हो । सानो छंदै नृत्य गर्थे । उच्च शिक्षाका लागि काठमाण्डौ पढ्दा दुई महिना नृत्य कक्षा लिएका थिए । त्यसपछि उनी कोहलपुर आए । यहाँ टिकटकमै भिडियो बनाउथे । पछिल्लो समय सोचे झै जिन्दगी रैनछ बोलको गीतको टिकटकले भने उनलाई सेलिब्रेटी नै सावित गर्यो ।
दर्शक बढ्नुका साथै म्यूजिक भिडियोमा नृत्य गर्न अफर नै आयो । खनाल भन्छन्,–‘नृत्यमा निकै मिहेनत गरेको छु, मलाई माया गर्नुभएकोमा सबैलाई धन्यवाद । आगामी दिनमा अझ राम्रो गर्ने प्रयास गर्नेछ ।’