हुण्डाईको शक्तिशाली सेडान गाडी औरा सार्वजनिक, मूल्य ३४ लाख रुपैयाँबाट सुरु


काठमाडौं। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईले कोरोना संक्रमणकै बीच सेडान औरा सार्वजनिक गरेको छ। कम्पनीले औरा स्टाइलिस सेडान सेग्मेन्टको सबैभन्दा शक्तिशाली, सुविधायुक्त, ट्रेन्डसेटरको रुपमा स्थापित हुने दाबी गरेको छ।

कम्पनीका महाप्रवन्धक रुपेश शर्मा भट्टले नयाँ गाडी सार्वजनिक गरे। उनले सेडान गाडी नेपाली बजारमा लोकप्रिय रहेको र आउरालाई पनि उपभोक्ताले मन पराउने दाबी गरे। यो गाडी युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको उनले बताए। गाडीको अगाडि दिउँसो बाल्ने दुईवटा वत्ति पनि छ। फ्रन्ट ग्रीलको साथमा फग लाइट समेत छ।


यो गाडीले उत्कृष्ट परफर्मेन्स र गतिशीलताले चालकलाई आनन्द दिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार गाडीमा प्रमाणित १।२ लिटर कप्पा डुअल भीटीभीटी पेट्रोलले ८३ पीएस पावर, ६००० आरपीएम, ११.६ केजीएम टर्क र ४००० आरपीएम उत्पन्न गरी ईन्धनको दक्षता सुधार गर्छ। गाडीमा ६५ प्रतिशत हाइ स्ट्रेन्थ स्टील एप्लिकेसन छ।

गाडीमा फ्रन्ट एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, रियर पार्किङ सेन्सर र इमर्जेन्सी स्टप सिंग्नल लगायतका सुरक्षा छ। गाडी ११ सय ९७ सीसीको हो। गाडीको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ छ।

प्रकाशित मितिः     9:37:30 AM  |